ग्राहकलाई एसएमएस मार्फत् दूरसञ्चार सेवा दस्तुर घटेको जानकारी दिँदै नेपाल टेलिकम

Technology Khabar ५ श्रावण २०७९, बिहीबार

ग्राहकलाई एसएमएस मार्फत् दूरसञ्चार सेवा दस्तुर घटेको जानकारी दिँदै नेपाल टेलिकम

काठमाडौं ।

नेपाल टेलिकमले एसएमएस मार्फत् दूरसञ्चार सेवा दस्तुर ३ प्रतिशत विन्दुले घटेको जानकारी दिन शुरु गरेको छ। सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत् दूरसञ्चार सेवा दस्तुर घटाएको थियो।

उक्त विषयको जानकारी नेपाल टेलिकमले एसएमएस मार्फत् आफ्ना ग्राहकहरुलाई गराउन शुरु गरेको हो।

सरकारले साउन १ गतेदेखि लागु हुनेगरी दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो। यस अघि दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत कायम थियो। बजेटमा आएको व्यवस्थासँगै दूरसञ्चार सेवा दस्तुर ३ प्रतिशत विन्दुले घटेको हो।

कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर  (Pay As You Go) अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने जानकारी दिएको छ।

प्याकेटको हकमा भने दूरसञ्चार सेवा दस्तुर वापतको सुविधा थप गरिएको छ।

easy care

प्रकाशित: ५ श्रावण २०७९, बिहीबार