इन्टेलद्वारा विश्वको सबैभन्दा फास्ट कोर आई९ सीपीयू सार्वजनिक

Technology Khabar १६ चैत्र २०७८, बुधबार

इन्टेलद्वारा विश्वको सबैभन्दा फास्ट कोर आई९ सीपीयू सार्वजनिक

काठमाडौं ।

इन्टेलले विश्वकै सबैभन्दा फास्ट डेस्कटप सीपीयू सार्वजनिक गरेको छ।

कम्पनीले अधिकतम ५.५ गिगाहर्ज फ्रिक्वेन्सीमा चल्ने १२औं जेनेरेशन प्रोसेसर कोर आई९-१२९००केएस गएको सीईएस २०२२ का क्रममा घोषणा गरेकोमा अहिले सार्वजनिक गरेको हो।

यो चिपले पहिलो पटक २ कोरसम्म स्पीड देखाउने र यसले गेमरहरुलाई आवश्यक उच्चस्तरको पर्फर्मेन्स प्रदान गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो विशेष एडिशनको प्रोसेसर आगामी अप्रिल ५ देखि ७३९ डलरमा बिक्री शुरु हुने बुझिएको छ।

यसबाहेक यो डिभाइस आधिकारिक उपकरण निर्माता साझेदारहरुको सिस्टममा एकीकृत गरेर पनि बिक्री गर्न सकिने बताइएको छ।

यसको आर्किटेक्चर हाल चलिरहेको इन्टेलको फ्ल्यागशिप कोर आई९-१२९००के मा झैं १६ कोर र २४ थ्रेड तथा ३०एमबी एल३ क्याश मेमोरीसहितको छ।

easy care

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

ताजा समाचार