१६ हजार किमी समुद्रमा केबल सिस्टम बिच्छ्याउँदै रिलायन्स जियो, के नेपालसम्म आउला त?

Technology Khabar १० फाल्गुन २०७८, मंगलवार

१६ हजार किमी समुद्रमा केबल सिस्टम बिच्छ्याउँदै रिलायन्स जियो, के नेपालसम्म आउला त?

काठमाडौं ।

भारतको रिलायन्स जियोले सबमरिन अर्थात् समुद्रमुनि बिछ्याइने केबल सिस्टममा काम गरिरहेको छ।

माल्दिभ्सको पहिलो अन्तरराष्ट्रिय केबलको लन्चका अवसरमा रिलायन्स जियोले नेक्स्ट जेनेरेशन मल्टि-टेराबाइट इन्डिया-एशिया-एक्सप्रेस अन्डरसी केबल सिस्टम मालदिभ्सको हुलहुमलेसँग कनेक्ट गर्ने बताइएको थियो।

यसमार्फत् यो सिस्टमले सिहुलहुमालेलाई सोझै भारत तथा सिंगापुरसँग जोड्ने बताइएको छ।

यो सिस्टमले पश्चिममा भारतको मुम्बईबाट निस्किएर भारतलाई सिधै सिंगापुरसँग जोड्नेछ भने यसले मलेसिया र थाइल्याण्डलाई पनि समेट्ने भारतीय सञ्चारमाध्यम भास्कर डटकमले उल्लेख गरेको छ।

भारत-यूरोप-एक्सप्रेस सिस्टमले मुम्बईलाई ईटलीको मिलानसँग तथा मध्यपूर्व, उत्तरी अफ्रिका र भूमध्यसागरलाई पनि जोड्ने बताइएको छ। को भी कनेक्ट करेगी। यो सेवा २०२३ को अन्त्यसम्म उपलब्ध हुने आशा गरिए पनि यो २०२४ मा मात्र सेवा प्रदान गर्न सक्षम हुने बुझिएको छ।

यसबाट हाई क्यापासिटी तथा हाई स्पीड भएका सिस्टमबाट  १०० जीबीपीएसको क्षमताबाट २००टीबीपीएससम्मको क्षमता उपलब्ध हुने समाचारमा उल्लेख छ। यसका लागि १६ हजार किलोमिटर लामो केबल समुद्रमा बिछ्याइनेछ।

रिलायन्स जियोले हालसम्म नेपालमा कुनै पनि सेवा सञ्चालन नगरेकाले यो सेवाबाट नेपाल लाभान्वित हुने अपेक्षा भने तत्काल गर्न सकिँदैन।

easy care

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार