एम टू चिपसेटको साथ १३ इन्चको एप्पल म्याकबुक प्रो मोडेल लन्च हुनसक्ने

Technology Khabar २८ माघ २०७८, शुक्रबार

एम टू चिपसेटको साथ १३ इन्चको एप्पल म्याकबुक प्रो मोडेल लन्च हुनसक्ने

काठमाडौं ।

एप्पल म्याकबुक प्रोमा कम्पनीको एम२ सिलिकन चिप राखिने भएको छ, जुन आगामी प्रक्षेपण कार्यक्रममा मार्चमा लन्च हुने भनिएको छ। हालै आएको एक रिपोर्टअनुसार, एप्पलको आपूर्ति श्रृंखला साझेदारहरूले नयाँ वर्षको बिदामा समेत आगामी म्याकबुक प्रोको उत्पादन जारी राखेका थिए।

अर्को रिपोर्टले सूचित गरेअनुसार एप्पल कम्पनीले यस वर्षको अन्त्यमा इन्ट्री-लेभल १३-इन्च म्याकबुक प्रोको अपडेटेड संस्करण पनि प्रस्तुत गर्न गइरहेको छ। यो मोडेल नवीनतम एप्पल एम२ प्रोसेसरका साथमा हुनेछ। यसका साथै आगामी म्याकबुक एयर पनि एम २ प्रोसेसरले सुसज्जित हुने बताईएको छ।

डिजीटाइम्सको रिपोर्ट अनुसार, एम२ सिलिकन चिपका साथ एप्पल कम्पनी म्याकबुक प्रो मार्च ८ मा लन्च हुनेछ। प्रतिवेदनले यो पनि जानकारी दिएको छ कि एप्पलको चिनियाँ आपूर्ति श्रृंखला साझेदारहरूले लुनार नयाँ वर्षको बिदामा आगामी म्याकबुक प्रोको उत्पादन जारी राखेका छन्।

एप्पल कम्पनीले मार्चको शुरुमा केही नयाँ डिभाइसहरू लन्च गर्न सक्छ, जसमा नयाँ एम२ प्रोसेसरको साथ नयाँ म्याकबुक प्रो, बजेट आईफोन एसई ३ फाइभजी र नयाँ आईप्याड समावेश हुन सक्छ। प्रोसेसर बाहेक, नयाँ म्याकबुक प्रोमा हालको म्याकबुक प्रो मोडेल जस्तै लगभग सबै स्पेशिफिकेसनहरू हुनेछ, जुन एम१ चिपका साथमा आएको छ।

यद्यपि, आगामी म्याकबुक प्रोको साइज रिपोर्टमा दिइएको छैन। हालको म्याकबुक प्रो एम१ प्रोसेसरको साथ १३ इन्च भेरियन्टमा आउँछ।

अर्को रिपोर्टमा, एप्पल कम्पनीले २०२२ को दोस्रो आधामा अपडेटेड १३ इन्चको म्याकबुक प्रो मोडल ल्याउन सक्ने एप्पल विश्लेषक मार्क गुरम्यानले जानकारी दिएका छन्। यसअघि कम्पनीले एम १ प्रो र एम १ प्रो म्याक्स प्रोसेसर भएका म्याकबुक मोडलहरू रिलिज गरेको थियो।

एम२ प्रोसेसर भएको एप्पलको अपडेटेड म्याकबुक प्रो मोडल अपडेट गरिएको म्याकबुक एयरको साथ आउन सक्छ, जुन एप्पलको नयाँ प्रोसेसरले सुसज्जित हुने बताइएको छ।

easy care

प्रकाशित: २८ माघ २०७८, शुक्रबार