Technology Khabar ९ फाल्गुन २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । विश्वका प्रमुख ५ नोटबुक ब्राण्ड कम्पनीहरुको आपूर्ति सन् २०२० को पहिलो महिनामा करिब ३० प्रतिशतले घटेको छ । प्रमुख
पाँच कम्पनीको शिपमेन्ट घट्नुमा कोरोनाभाइरसको असर तथा बिक्रीको मौसमी प्रभावको कारण रहेको डिजिटाइम्सले जनाएको छ ।
रिपोर्टअनुसार चीनमा हुने नयाँ वर्षको बिदाले पनि सन् २०२० को पहिलो महिनाको बिक्री कम भएको हो ।
प्रमुख पाँच भेण्डरहरुमध्ये डेलले एचपीलाई उछिनेर पहिलो स्थानमा पुगेको छ, यसमा इन्टरप्राइज र कन्जुमर सेगमेन्ट दुबैको बिक्री राम्रो हुँदा कम्पनीलाई फाईदा भएको हो ।
लेनोभोको बिक्री भने आफ्नै गृह बजार चीनमा लुनार नयाँ वर्षले गर्दा कम भएको छ ।
प्रमुख तीन भेण्डरहरुको बिक्री जनवरीमा मात्रै ३२ प्रतिशतले घटेको छ तर एचको कन्जुमर मोडलहरुको माग भने केहि वृद्धि भएको देखिएको छ ।
अनुसन्धान रिपोर्टअनुसार कोरोनाभाइरसले गर्दा ओडिएम नोटबुक उत्पादनमा पहिलो चौमासिकमा कडा असर पार्ने बताईएको छ ।
प्रकाशित: ९ फाल्गुन २०७६, शुक्रबार