विश्वको पहिलो टेक्स्ट म्यासेज लिलामी गरिँदै, थाहा पाउनुहोस् मेसेजमा के लेखिएको छ?

Technology Khabar ३ पुष २०७८, शनिबार

विश्वको पहिलो टेक्स्ट म्यासेज लिलामी गरिँदै, थाहा पाउनुहोस् मेसेजमा के लेखिएको छ?

काठमाडौं ।

आजको युगमा टेक्स्ट म्यासेज पठाउन कति सजिलो भएको छ, यदपी अहिले मेसेजिङ एप्स आएपछि मानिसले टेक्स्ट म्यासेज निकै कम प्रयोग गरिरहेका छन् ।

तर यहाँ तपाईलाई संसारको पहिलो टेक्स्ट म्यासेजको बारेमा बताइरहेका छौं, जुन ३० वर्षअघि पठाइएको थियो, अहिले त्यसको लिलामी भइरहेको छ । किन्न चाहने जो कोहीले यसमा बोली लगाउन सक्छन्। यो सन्देश मात्र १४ क्यारेक्टर लामो छ।

विश्वको पहिलो सन्देश सन् १९९२ डिसेम्बरमा पठाइएको थियो । यो सन्देश कम्पनीकै एक कर्मचारीको भोडाफोन नम्बरमा पठाइएको थियो। यो टेक्स्ट म्यासेज ईन्जिनियर नील पापवर्थद्वारा न्यूबरी, बर्कशायरमा रिचर्ड जार्विसलाई पठाइएको थियो।

पापवर्थ त्यस समयमा एक २२ वर्षीय परीक्षण इन्जिनियर थिए र उनी भोडाफोनको लागि छोटो सन्देश सेवा (एसएमएस) मा काम गर्दै थिए। ३ डिसेम्बर १९९२ मा, उनले जार्विसको अर्बिटेल ९०१ ह्यान्डसेटमा क्रिसमसको शुभकामना पठाउन सफल भएका थिए, जसले यसलाई विश्वको पहिलो टेक्स्ट म्यासेज बनायो।

यो सन्देश डिसेम्बर २१ मा लिलामी हुनेछ। यो फ्रान्सको अगुट्स लिलामी घरद्वारा लिलामी हुनेछ। यस सन्देशमा १४ क्यारेक्टरहरू प्रयोग गरिएको थियो। सन्देशमा अंग्रेजी भाषामा “मेरी क्रिसमस” लेखिएको थियो। यो टेक्स्ट मेसेज क्रिप्टोकरेन्सीका साथमा किन्न सकिन्छ। रिपोर्टकाअनुसार यो म्यासेज करिब २ करोड ७३ लाख रुपैयाँमा लिलामी हुनेछ।

विश्वको पहिलो टेक्स्ट मेसेजको लागि उच्चतम मूल्यको बोलीकर्तालाई सो  टेक्स्ट मेसेजको प्रेषक र प्राप्तकर्ता जानकारी सहितको डिजिटल फाइल सहित सबै अधिकारहरू हस्तान्तरण गरिनेछ।

सो विश्वको पहिलो टेक्स्ट म्यासेज शुरु भएको अर्को वर्ष, नोकियाले सन्देशलाई सूचित गर्ने बीपको साथ एसएमएस सुविधा प्रस्तुत गरेको थियो ।

easy care

प्रकाशित: ३ पुष २०७८, शनिबार

ताजा समाचार