यस्तो थियो फेसबुक डाउन हुनुको कारण

Technology Khabar १९ आश्विन २०७८, मंगलवार

यस्तो थियो फेसबुक डाउन हुनुको कारण

काठमाडौं ।

सोमबार बेलुका सन्सारभर नै सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम नचल्नुमा विज्ञहरुले ब्रोडर गेटवे प्रोटोकलमा आएको समस्याका कारण भएको बताएका छन्।

सोमबार बेलुकादेखि नचलेका यी एप्लिकेशन करिब ६ घण्टापछि  सञ्चालनमा आएको फेसबुकले  ट्विटरमार्फत जानकारी दिइसकेको छ।

उक्त समस्याको आधिकारिक कारण बाहिर नआए पनि फेसबुक इंकले भने सोमबार नै ‘गलत कन्फिगरेशन परिवर्तन’ का कारण यसो भएको हुनसक्ने बताएको रोयटर्सले उल्लेख गरेको थियो।

पछि केही अनलाइन सञ्जाल विशेषज्ञहरुले डीएनएस, वा डोमेन नाम प्रणालीमा भएको त्रुटिले यस्तो समस्या निम्त्याएका थिए। यद्यपी यसको पुष्टि भने हुन सकेको थिएन।

हाल फेसबुकबाहिरका केही प्राविधिज्ञले यो समस्याको मुख्य कारण बीजीपी अर्थात् ब्रोडर गेटवे प्रोटोकलमा आएको गडबडी हुन सक्ने बताएका छन्।

के हो डीएनएस र बीजीपीको काम?

डोमेन नेम सर्भिस अर्थात् डीएनएसको मुख्य काम मानिसले पढ्न सक्ने डोमेन नेमलाई कम्प्युटरले चिन्ने भाषाको अंकमा आधारित आईपी एड्रेसमा बदल्नु हो। उदाहरणका लागि www.facebook.com लाई 18.221.249.245 परिवर्तन गर्नु।

यसैगरी ब्रोडर गेटवे प्रोटोकल अर्थात् बीजीपीको काम भनेको कुनै एउटा नेटवर्कले अन्य थुप्रै नेटवर्कको सबैभन्दा उत्कृष्ट रुट वा बाटो कुन हो भनेर छुट्याउनु हो।

फ‍ेसबुकले आफ्नो क्यालिफोर्नियामा रहेको अन्य नेटवर्कहरुलाई जोड्ने मुख्य नेटवर्कसहितको डाटा सेन्टरमा कन्फिगरेशन परिवर्तन गर्दा गल्ती भएकाले विश्वभरका करोडाैं यूजर समस्यामा परेको भन्दै उक्त समस्या समाधान रिमोट हिसाबले गर्न नमिलेकाले प्राविधकहरुको टोली पठाएर ६ घण्टापछि सेवा खुलाउन सफल भएको द भर्जले उललेख गरेको छ।

सम्बन्धित समाचार

फेसबुकका सबै सेवाहरु डाउन हुँदा एकै रातमा गुमाए मार्क जुकरबर्गले ६ अर्ब अमेरिकी डलर

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम करिब ६ घण्टापछि सञ्चालनमा

easy care

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

ताजा समाचार