मेटा र जियोद्वारा भारतीय बजारमा ह्वाट्सएपमा किराना किनमेल सुरु

Technology Khabar १५ भाद्र २०७९, बुधबार

मेटा र जियोद्वारा भारतीय बजारमा ह्वाट्सएपमा किराना किनमेल सुरु
Global IME Bank

काठमाडौं ।

मेटा र भारतीय अपरेटर जियो प्लेटफर्मले ह्वाट्सएपमा जियोमार्ट शपिंग प्लेटफर्म सुरु गरेको छ। भारतीय ग्राहकहरूले अब जियोमार्टबाट सिधै आफ्नो ह्वाट्सएप च्याटबाट किनमेल गर्न सक्छन्।

ह्वाट्सएपमा जियोमार्टले भारतका प्रयोगकर्ताहरूलाई जियोमार्टको किराना क्याटलग मार्फत ब्राउज गर्न, कार्टमा वस्तुहरू थप्न र खरिद पूरा गर्न भुक्तानी गर्न, सबै ह्वाट्सएप च्याट नछोडिकन सक्षम पार्ने कम्पनीहरूले भने।

हरेक महिना करिब आधा अर्ब भारतीयहरूले प्रयोग गर्ने ह्वाट्सएपले धेरै ढिलाइ र अवरोधहरू पछि यस वर्षको सुरुमा देशका १० करोड प्रयोगकर्ताहरूमा आफ्नो यूपीआईमा संचालित भुक्तानी सेवा विस्तार गर्न स्वीकृति प्राप्त गर्यो।

“भारतमा जियोमार्टसँग हाम्रो साझेदारी सुरु गर्न पाउँदा उत्साहित छु। यो व्हाट्सएपमा हाम्रो पहिलो इण्ड टू इण्ड किनमेल अनुभव हो – मानिसहरूले अब च्याटमा जियोमार्टबाट रिटेल सामानहरू किन्न सक्छन्,” मेटाका सीईओ मार्क जुकरबर्गले एक विज्ञप्तिमा भने।

मेटा जियो प्लेटफर्ममा एक महत्वपूर्ण अल्पसंख्यक लगानीकर्ता हो, ४२१ मिलियन भन्दा बढी ग्राहकहरुका साथ यो देशको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक हो।

Sajilo Visa

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार