आईफोन १४ मा २ टेराबाइटसम्मको स्टोरेज आउन सक्ने

Technology Khabar १८ आश्विन २०७८, सोमबार

आईफोन १४ मा २ टेराबाइटसम्मको स्टोरेज आउन सक्ने

काठमाडौं ।

आगामी वर्ष सार्वजनिक हुने एप्पलको आईफोन १४ सिरिजमा २ टेराबाइटसम्मको स्टोरेज आउन सक्ने चर्चा बाहिरिएको छ।

एप्पलले आईफोन १३ मा रहेको सबैभन्दा बढी स्टोरेजको ठिक दोब्बर बनाउने भएको हो। आईफोन १३ का प्रो र प्रो म्याक्स मोडेलहरुमा सर्वाधिक १ टीबी स्टोरेज दिइएको छ।

स्रोतका अनुसार आईफोन १४ को पनि प्रो र प्रो म्याक्स भर्सनमा २ टीबी स्टोरेज दिन सकिने तथा अन्यमा भने ५१२ जीबीदेखि १ टीबी उपलब्ध हुने सम्भावना छ।

एप्पलले आगामी वर्षको आईफोनमा स्टोरेज बढाउनुको कारणमा यसमा दिइने क्यामरा फिचर रहेको बुझिएको छ।

हाल उपलब्ध आईफोन प्रो र प्रो म्याक्समा ३० फ्रेम प्रतिसेकेन्डको फोरके रेजोल्युशनमा प्रोरेस भिडियो रेकर्ड गर्नका लागि कम्तीमा पनि २५६ जीबी स्टोरेज आवश्यक हुन्छ। १२८ जीबी भर्सनमा भने ३० फ्रेम प्रतिसेकेन्डको १०८० पिक्सेलको प्रोरेस भिडियो मात्र खिच्न मिल्छ।

easy care

प्रकाशित: १८ आश्विन २०७८, सोमबार