चीनमा सामसङका फोल्डेबल फोन र चिनियाँ ओईएमहरू बीच तीव्र प्रतिस्पर्धा

Technology Khabar २१ बैशाख २०८१, शुक्रबार

चीनमा सामसङका फोल्डेबल फोन र चिनियाँ ओईएमहरू बीच तीव्र प्रतिस्पर्धा

काठमाडौं ।

सामसङ फोल्डेबल डिभाइसहरूको प्रारम्भिक निर्माताहरू मध्येको एक हुनुका साथै यो फर्म फ्याक्टरलाई मुख्यधारामा ल्याउने कम्पनी पनि हो। सुरुवातमा कम्पनीको फोल्डेबल डिभाइसहरूको लागि चीन ठूलो बजार भएको थियो।

यद्यपि, कम्पनीका हालैका फोल्डेबलहरूले चिनियाँ ओईएमहरूबाट तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको ओईडीसीको पछिल्लो रिपोर्टले उल्लेख गरेको छ।

धेरै चिनियाँ ओईएमहरूले यस फर्म फ्याक्टरमा अपेक्षाकृत रुपमा केही समय पछि कामको थालनी गरेतापनि यसले सामसङलाई किनारामा धकेलेको छ। ह्वावे, अनर, भिभो र ओप्पोका फोल्डेबलले अहिले बजार सेयरमा सामसङको अफरिङ्गसलाई पछि पारेको बताइएको छ।

त्यसैगरी, चिनियाँ ओईएमहरूले फर्म फ्याक्टरमा धेरै समस्याहरू पार गर्न सफल भएको र उनीहरूका प्रयोगकर्ताहरूका लागि उचित रूपमा राम्रो सफ्टवेयर अनुभव पनि विकास गरेको भएतापनि दक्षिण कोरियाली कम्पनीलाई यति चाँडो प्रतिस्थापन गर्न पर्याप्त छ त भन्ने प्रश्न आएको छ।

अन्य फोल्डेबल स्मार्टफोन निर्माताहरूको गृह देश रहेको चीनमा केही वर्ष पहिले सामसङले फोल्डेबल फोनहरूको ३० प्रतिशत त्रैमासिक बजार हिस्सा ओगट्ने गरेको थियो। तर, सन् २०२४ को पहिलो त्रैमासिकमा फोल्डेबल बजार साझेदारीको आधारमा कम्पनी हाल पाँचौं स्थानमा रहेको उल्लेख छ।

ह्वावे आफ्नो गृह देशमा ४४.१ प्रतिशतको बजार हिस्साका साथ शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको अनरले २६.७ प्रतिशत बजार हिस्सा ओगटेको उल्लेख छ। साथै तेस्रो र चौथो स्थानमा रहेका भिभो र ओप्पोले क्रमशः १२.६ प्रतिशत र ९ प्रतिशत बजार हिस्सा ओगटेको छ। त्यसका साथै गत वर्ष मात्रै सामसङको बजार हिस्सा ११ प्रतिशत रहेको छ।

रिपोर्टका अनुसार, चिनियाँ ओईएमहरूले उत्पादनको गुणस्तरमा सामसङसँगको मिल्दोजुल्दो मात्र नभएर उपभोक्ताको प्राथमिकतामा आएको परिवर्तनले गर्दा पनि बजार सेयरमा यो गिरावट आएको उल्लेख छ।

Sajilo Visa

प्रकाशित: २१ बैशाख २०८१, शुक्रबार

ताजा समाचार