ह्वाट्सएपद्वारा भारतमा २० लाख एकाउन्ट बन्द, स्पाम तथा अवाञ्छित मेसेज रोक्ने उद्देश्य

Technology Khabar १७ आश्विन २०७८, आईतवार

ह्वाट्सएपद्वारा भारतमा २० लाख एकाउन्ट बन्द, स्पाम तथा अवाञ्छित मेसेज रोक्ने उद्देश्य

काठमाडौं ।

मेसेजिङ एप ह्वाट्सएपले अगस्तमा भारतभरमा २० लाखभन्दा बढी यूजरका एकाउन्ट बन्द गरिदिएको छ।

यो कारबाही भारतको सूचना प्रविधिसम्बन्धी नियम तथा ह्वाट्सएपको सेवा शर्तहरुको उल्लङ्घन गर्ने एकाउन्टका विरुद्ध गरिएको बताइएको छ।

मंगलबार जारी गरिएको ह्वाट्सएपको मासिक कम्प्लायन्स रिपोर्टमार्फत् यो जानकारी बाहिर आएको हो।

४६ दिनभित्र बन्द गरिएक थिए ३ लाख एकाउन्ट

ह्वाट्सएपले भारतमा १६ जूनदेखि ३१ जुलाईसम्मको ४६ दिनमा ३ लाख एकाउन्ट बन्द गरेको थियो। यो कारबाही ५९४ रिपोर्टका आधारमा गरिएको थियो। विश्वभरमा दुरुपयोगको मामलामा ह्वाट्सएपले प्रतिमहिना औसत ८० लाख एकाउन्टमाथि प्रतिबन्ध लगाउने गर्दछ।

गुनासोका आधारमा गरिएको थियो कारबाही

बिना अनुमति के अटोमेटेड तथा बल्क मेसेजका कारण २० लाख ७० हजार एङ्काउन्टमाथि प्रतिबन्ध लगाइएको छ।

रिपोर्टका अनुसार अगस्टमा ह्वाट्सएपमा ४२० गुनासाहरु आएका थिए। तिनीहरुमा एकाउन्ट सपोर्टसम्बन्धी १०५, प्रतिबन्ध लगाउन अपिल गरिएका २२२, प्रडक्ट सपोर्टसम्बन्धी ४२, सुरक्षासम्बन्धी १७ तथा अन्य सपोर्टसम्बन्धी ३४ गुनासाहरु आएका थिए।

दुरुपयोग रोक्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग

ह्वाट्सएपका प्रवक्ताले यूजरको सुरक्षासम्बन्धी रिपोर्टमा गुनासाहरुका विवरण राखिएको बताए। प्लेटफर्मको दुरुपयोग रोक्नका लागि ह्वाट्सएपले यो कदमलाई निरन्तरता दिने बुझिएको छ। प्लेटफर्मको उद्देश्य स्पाम तथा अवाञ्छित मेसेज रोक्नु रहेको बुझिएको छ।

ह्वाट्सएपले आफ्नो सपोर्ट पेजमा गुनासोको च्यानलमार्फत् यूजरको गुनासा दर्ता गर्ने गरेको बताएको छ। मेसेजिङ एप प्लेटफर्ममा हानीकारक व्यवहार रोक्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स टल तथा रिसोर्सको प्रयोग गरिने बुझिएको छ।

easy care

प्रकाशित: १७ आश्विन २०७८, आईतवार

ताजा समाचार