जर्मन आईटी सुरक्षा निगरानी संस्थाले शाओमीका मोबाइल फोनहरुको जाँच गर्ने

Technology Khabar १४ आश्विन २०७८, बिहीबार

जर्मन आईटी सुरक्षा निगरानी संस्थाले शाओमीका मोबाइल फोनहरुको जाँच गर्ने
काठमाडौंको नयाँ बानेश्वरमा खोलिएको नयाँ सर्भिस सेन्टर । फाइल तस्बिर

काठमाडौं ।

जर्मनीको संघीय साइबरसुरक्षा नियमनकारी संस्था बीएसआईले चीनको शाओमी कर्पद्वारा निर्मित मोबाइल फोनको प्राविधिक जाँच गरिरहेको छ, जर्मनीको आन्तरिक मन्त्रालयका प्रवक्ताले बुधबार सो अनुसन्धानको बारेमा जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।

प्रवक्ताले एजेन्सीले कुन प्रकारको जाँच गरिरहेछ भन्ने बारे थप विवरण प्रदान गरेनन्।

लिथुआनियाको सरकारी साइबर सुरक्षा निकायले गत हप्ता शाओमी फोनहरु मा “फ्रि तिब्बत”, “लङ्ग लाइभ ताइवान फ्रिडम” वा “डेमोक्रेसी मुभमेन्ट” जस्ता शब्दहरु पत्ता लगाउन र सेन्सर गर्न सक्ने क्षमता भएको भन्दै सेन्सरसिप गरेको आरोप लगाएको थियो ।

शाओमीले सोमबार लिथुआनियाद्वारा लगाईएको आरोपहरुको आकलन गर्न तेस्रो पक्षिय विशेषज्ञलाई संलग्न गरीरहेको बताएको छ जसले यसको स्मार्टफोनमा निर्मित सेंसरशिप क्षमताहरुको बारेमा लागेका आरोपको छानबिनमा सहयोग गर्नेछ।

शाओमी २०२१ को दोस्रो त्रैमासिकमा पहिलो पटक युरोपको शीर्ष स्मार्टफोन विक्रेताको रूपमा उभिएको छ र त्यहाँ १ करोड २७ लाख युनिटको रेकर्ड रहेको अनुसन्धान फर्म स्ट्राटेजी एनालिटिक्सले जनाएको छ।

ह्वावे टेक्नोलोजीज लिमिटेडको बिरुद्ध अमेरिकी प्रतिबन्धपछि एन्ड्रोइड अपरेटिङ्ग सिस्टममा अन्य चिनियाँ प्रतिद्वन्द्वीहरुसँगै, शाओमीले बजार शेयरमा वृद्धिको आनन्द उठाएको छ।

easy care

प्रकाशित: १४ आश्विन २०७८, बिहीबार