सोनीको पीएस५ गेमिङ कन्सोल नयाँ मोडलमा, हिटसिंक पनि सानो र हलुका

Technology Khabar १५ भाद्र २०७८, मंगलवार

सोनीको पीएस५ गेमिङ कन्सोल नयाँ मोडलमा, हिटसिंक पनि सानो र हलुका

काठमाडौं ।

सोनीले आफ्नो पीएस५ गेमिङ कन्सोलको मोडलसहित केही फिचरहरुमा पनि उल्लेख्य परिवर्तन ल्याएको छ।

हालको सबैभन्दा उल्लेख्य परिवर्तन भनेको हिटसिंकको आकार अघिल्लो मोडलमा भएकाभन्दा केही सानो हुनु हो।

यो परिवर्तन सबैभन्दा पहिने यूट्युबर अस्टिन एभान्सले याद गरेका थिए। उनले यो मोडल जापानबाट अर्डर गरेका थिए। हालै मोडल र स्पेसिफिकेशन परिवर्तित पीएस५ मोडलहरु जापान, अस्ट्रेलिया तथा अमेरिकाका केही क्षेत्रहरुमा देखा पर्न थालेका छन्।

एभान्सले यो नयाँ भर्सनमा थुप्रै साना साना परिवर्तनहरु भेटेका छन् जसमा स्ट्यान्डको पेच, वाइफाइ मोड्युलका लागि मदरबोर्डका तारहरु लगायतका छन्।

यी परिवर्तनमध्ये आल्मुनियम र तामाको हिटसिंक प्रमुख हो जसको ताैल अघिल्लो भर्सनमा भन्दा ३०० ग्राम घटाइएको छ।

यसरी हेर्दा यसको तोल पहिलेको भन्दा १६ प्रतिशत हलुका हुन पुगेको छ।

धातु महंगो पर्ने भएकाले सोनीले पीएस५ को हिटसिंकको साइज खर्च कटोतीका हिसाबलेर घटाएको बुझिएको छ। यसबाहेक कम्पनीले अघिल्लो भर्सनको मूल्य अत्यधिक भएकाले केही रकम भए पनि घटाउने उद्देश्यले यो निर्णय गरेको आकलन गरिएको छ।

सम्बन्धित समाचार

पीएस५ बन्यो सोनीको सबैभन्दा छिटो बिक्री हुने कन्सोल, ८ महिनामा १ करोड थान बिक्री

अमेरिकामा सार्वजनिक भएको ६ महिनापछि मात्र पीएस५ चीनमा प्रिअर्डर खुला

सोनी पीएस५ गेमिङ कन्सोलको माग बढ्दै, जापानमा मात्रै ४ लाख थान बिक्री

सोनीले ४५ लाख यूनिट प्लेस्टेशन ५ सन् २०२० मा विश्वभर बिक्री गर्न सफल

easy care

प्रकाशित: १५ भाद्र २०७८, मंगलवार