सोनी पीएस५ गेमिङ कन्सोलको माग बढ्दै, जापानमा मात्रै ४ लाख थान बिक्री

Technology Khabar २२ फाल्गुन २०७७, शनिबार

सोनी पीएस५ गेमिङ कन्सोलको माग बढ्दै, जापानमा मात्रै ४ लाख थान बिक्री
Classic Tech

सोनीको पीएस५ गेमिङ कन्सोल जापानमा मात्रै ४ लाख थान बिक्री भएको छ एक रिपोर्टले जनाएको छ।

उक्त रिपोर्टमा सोनी पीएस५ का प्रतिस्पर्धीहरु निन्टेन्डो स्विच सिरिज तथा माइक्रोसफ्ट एक्सबक्स सिरिज एक्स/एस को बिक्री विवरण पनि राखिएको छ।

जापानमा सोनी पीएस५ सिरिजको डिजिटल तथा अप्टिकल भर्जन सार्वजनिक भएको लगभग ४ महिनामात्र भएको छ। यो अवधिमा उक्त कन्सोलको बिक्री जापानभित्रै तीव्ररुपले वृद्धि हुँदै गएको छ।

यसको साप्ताहिक बिक्री ३३ हजार थान रहेको छ जुन अघिल्लो हप्ताभन्दा ३३ प्रतिशतले बढी हो। साप्ताहिक बिक्री संख्या लगातार तीन हप्तादेखि उकालो लागिरहेको छ।

पीएस५ को स्ट्यान्डर्ड भर्जन ४० प्रतिशतले बढोत्तरी भएर ३० हजार ११७ थान बिक्री भएको छ भने डिजिटल भर्जनको ६ प्रतिशतको वृद्धिसहित ३ हजार ७२१ थान बिक्री भएको विवरण छ।

एक्सबक्स सिरिज एक्स र निन्टेन्डो सोनी पीएस५ भन्दा धेरै पछाडि

पीएस५ बाहेक निन्टेन्डोको स्विच सिरिज पनि उल्लेख्य रुपमा बिक्री भएको छ। नयाँ सार्वजनिक भएका गेमका कारण गएको फेब्रुअरी २२ देखि २८ सम्म निन्टेन्डो स्विच सिरिजका स्विच र स्विच लाइटको बिक्री जापानमा मात्र ५ प्रतिशतले वृद्धि भएर ७८ हजार ४९ थान पुगेको थियो।

त्यसैगरी माइक्रोसफ्टको एक्सबक्स एक्सबक्स सिरिज एक्स/एस हालसम्म १ हजार ४८७ थान बिक्री भएको छ। त्यसमध्ये २३० थान अघिल्लो हप्तामात्रै बिकेको थियो।

बिक्री भएका १ हजार ४८७ थानमध्ये एक्सबक्स सिरिज एक्स १ हजार ४२९ थान र एक्सबक्स सिरिज एस ५९ थान रहेका छन्।

यो तथ्याङ्कले पीएस४ सिरिजका कन्सोलहरु एक्सबक्स सिरिज एक्स/एस को तुलनामा दोब्बर बिक्री भएको देखाउँछ भने पीएस ५ सिरिजको बिक्री एक्सबक्स सिरिज एक्स/एस को तुलनामा २२.७ प्रतिशत बढी रहेको देखाउँछ।

TK Viber

प्रकाशित: २२ फाल्गुन २०७७, शनिबार

Loading...