पीएस५ बन्यो सोनीको सबैभन्दा छिटो बिक्री हुने कन्सोल, ८ महिनामा १ करोड थान बिक्री

Technology Khabar १४ श्रावण २०७८, बिहीबार

पीएस५ बन्यो सोनीको सबैभन्दा छिटो बिक्री हुने कन्सोल, ८ महिनामा १ करोड थान बिक्री

काठमाडौं ।

सोनीले हालसम्म १ करोड थान पीएस५ गेक कन्सोल बिक्री गरेको छ। यो आँकडा गत अप्रिलमा बिक्री भएको ७८ लाख भन्दा २२ लाखले बढी हो।

यस हिसाबले हेर्दा पीएस५ कन्सोलले पीएस४ को बिक्रीलाई पाखा लगाउँदै सोनीको इतिहासमा सबैभन्दा छिटो बिक्री हुने कन्सोल बन्न पुगेको छ।

पीएस५को बिक्री चुलिइरहेको बेला विश्वव्यापी चिप अभावका कारण बजारमा कन्सोल भेट्न गाह्रो भइरहेको अवस्था छ।

सोनी इन्टरएक्टिभ इन्टरटेन्मेन्टका सीईओ तथा अध्यक्ष जिम र्यान भन्छन्, ‘पीएस५ यसअघिका अन्य कन्सोलको तुलनामा पारखीहरुका घरमा द्रुत गतिमा पुगेको छ, यसको माग पूरा गर्न हामीले अझ थुप्रै काम गर्नुछ। म गेमरहरुलाई बताउन चाहन्छु कि जब हामी विश्वभर नोला चुनाैतीहरु भोगिरहेका हुन्छाैं त्यति बेला इन्भेन्ट्रीमा सुधार ल्याउनु नै पहिलो प्राथकमिता हुने गर्छ।’

सोनीले पीएस५ सार्वजनिक भएदेखिका केही अद्भूत कीर्तिमानहरु पनि पेश गरेको छ। जस अनुसार स्पाइडरम्यान: माइल्स मोरालेस गत नोभेम्बरमा सार्वजनिक भएदेखि ६५ लाख थान बिक्री भएको छ।

त्यस्तै गत महिना आएको राचेट एन्ड क्लांक: रिफ्ट अपार्ट ११ लाख कपी बिक्री भएको छ। यसै सूचीमा गत अप्रिलमा सार्वजनिक भएको रिटर्नल ५ लाख ६० हजार कपी बेचिएको छ।

easy care

प्रकाशित: १४ श्रावण २०७८, बिहीबार