इन्टरनेट स्पीडको झूटो दावी गरेर ठगेको आरोपमा अस्ट्रेलियाका मुख्य ३ आईएसपीमाथि मुद्दा

Technology Khabar २६ श्रावण २०७८, मंगलवार

इन्टरनेट स्पीडको झूटो दावी गरेर ठगेको आरोपमा अस्ट्रेलियाका मुख्य ३ आईएसपीमाथि मुद्दा

काठमाडौं ।

अस्ट्रेलियामा उपभोक्ता नियामक संस्थाले देशका तीन मुख्य इन्टरनेट सेवा प्रदायहकहरुमाथि मुद्दा दायर गरेको छ।

संस्थाले ती कम्पनीले इन्टरनेट स्पीडका बारेमा झूटो दावी गरेको आरोप लगाउँदै सबैका नाममा अलग अलग मुद्दा दायर गरेको समाचार संस्था रोयटर्सले लेखेको छ।

ती तीन आईएसपीमा टेल्स्ट्रा कर्प, अप्टस र टीपीजी टेलिकम रहेका र उनीहरुले आफूले उपलब्ध गराउने अधिकतम स्पीडका बारेमा ढाँटेको र केही ग्राहकसँग भने बमोजिमको स्पीड नदिए पनि शुल्क असुलेको अस्ट्रेलियाको नियामक संस्था एसीसीसीले एउटा विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

अस्ट्रेलियामा सरकारी स्वामित्वको नेशनल ब्रोडब्यान्ड नेटवर्क एनबीएनले ब्रोडब्यान्डको होलसेल प्रदायकका रुपमा काम गर्छ। एनबीएनबाट पाएको नेटवर्कलाई स्थानीय आईएसपीहरुले आफ्ना ग्राहकहरुलाई वितरण गर्छन्।

यस सम्बन्धमा टीपीजीले असुविधा परेका ग्राहकलाई रकम फिर्ता दिने बताएको छ भने टेल्स्ट्रा र अप्टसले उपभोक्ताका लागि उपचारात्मक विकल्पहरु ल्याउने प्रतिबद्धता गरेका छन्।

टीपीजीले यो समस्या एनबीएनले समयमा इन्टरनेट स्पीडको सही जानकारी नदिएकाले आएको दोषारोपण पनि गरेको छ।

उता नियामक निकायले भने टीपीजी र टेल्स्ट्राले २०१९ अप्रिलदेखि २०२०२ अप्रिलसम्म साथै अप्टसले २०१९ मा ग्राकहलाई झूटो जानकारी दिएर ठगी गरेको बताएको छ। ‘समग्रमा दशाैं लाख ग्राहकहरु तीन मुख्य आएसपीद्वारा ठगिए’, एसीसीसी अध्यक्ष रड सिम्सले बताए।

easy care

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार