सामसङका फोल्डेबल फोनहरुमा नयाँ फिचर दिइने, यो वर्ष नयाँ ग्यालेक्सी नोट नआउने

Technology Khabar १२ श्रावण २०७८, मंगलवार

सामसङका फोल्डेबल फोनहरुमा नयाँ फिचर दिइने, यो वर्ष नयाँ ग्यालेक्सी नोट नआउने

काठमाडौं ।

दक्षिण कोरियाली कम्पनी सामसङले आगामी अगस्ट ११ मा अनप्याक्ड इभेन्ट तय गरेको छ।

उक्त इभेन्टमा थुप्रै डिभाइसहरु सार्वजनिक हुने भए पनि सामसङले बर्सेनि गर्दै आइरहेको ग्यालेक्सी नोटको भने नयाँ भर्सन नल्याउने भएको छ।

कम्पनीका अध्यक्ष तथा मोबाइल कम्‍युनिकेशन बिजनेस प्रमुख टीएम रोहले एउटा ब्लगमा लेखे छन्, ‘नयाँ ग्यालेक्सी नोट ल्याउनुभन्दा यसपाला हामीले नोटमा रहेका फिचरहरु सामसङका अन्य ग्यालेक्सी डिभाइसमा थप गर्ने निर्णय गरेका छाैं।’

यसबाट नोटका भविष्यका बारेमा ठ्याक्कै के भन्न खोजिएको भन्ने प्रस्ट नभए पनि यसपालमा ग्यालेक्सी नोट नआउने पक्का भने भएको छ।

सामसङले यस सम्बन्धमा टेकक्रन्च समाचार संस्थालाई बताए अनुसार यो वर्ष ग्यालेक्सी नोट सार्वजनिक नहुने बरु एस पेन लगायतका यसका चर्चित उत्पादक र सिर्जनशील फिचरहरु ग्यालेक्सी इकोसिस्टमका अन्य डिभाइसहरुमा उपलब्ध गराइने बुझिएको छ।

यसअघि नोटका लागि आवश्यक कच्चा पदार्थ र आपूर्ति श्रृङ्खलाको अभाव भएको बताइएको थियो भने केही व्यक्तिहरु भने दशो वार्षिक उत्सवमा आएर सामसङले नोट सिरिजलाई टुंग्याउन लागेको भन्दै आश्चर्य व्यक्त गरेका छन्।

यस हिसाबले ग्यालेक्सी जेड फोल्ड लगायतका डिभाइसमा एस पेन उपलब्ध हुने भएको छ। हालै लीक भएको विवरण अनुसार जेड फोल्डमा एस पेन डिभाइसमा राख्ने नभइ छुट्टै बोक्ने गरी डिजाइन गरिएको छ।

easy care

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार

ताजा समाचार