हिलियो जी९५ युक्त माइक्रोम्याक्सको नयाँ स्मार्टफोन आउँदै, आईएन नोट २ हुन सक्ने

Technology Khabar ११ श्रावण २०७८, सोमबार

हिलियो जी९५ युक्त माइक्रोम्याक्सको नयाँ स्मार्टफोन आउँदै, आईएन नोट २ हुन सक्ने

काठमाडौं ।

माइक्रोम्याक्सको ई७४४६ कोडनेम भएको एउटा नयाँ स्मार्टफोन हालै गीकबेन्चमा देखा परेको छ।

यसै वर्ष मार्चमा कम्पनीले आफ्नो आईएन सिरिजको आईएन १ स्मार्टफोन सार्वजनिक गरेको थियो।

अहिले त्यसैको एक स्तरमाथिको भर्सन भारतीय बजारमा ल्याउन  लागेको र गीकबेन्चमा देखिएको नयाँ डिभाइस त्यही आइएन २ हुनसक्ने आकलन गरिएको छ। कम्पनीले आगामी जुलाई ३० मा राखेको इभेन्टमा यो सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।

सार्वजनिक हुनुभन्दा केही दिन मात्रै अघि भारतमा रहेको फर्मबाट गीकबेन्चमा देखा परेको यो डिभाइस माइक्रोम्याक्स आईएन २ वा आईएन नोट २ हुनसक्ने अड्कल गरिएको छ। तर यसबारे कम्पनीले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

गीकबेन्च लिस्टिङ अनुसार यसमा मिडियाटेकको हिलियो जी९५ चिपसेट तथा ४ जीबी र्याम रहनेछ। यो दुई भेरियन्टको आन्तरिक स्टोरेज अप्शनमा आउने बुझिएको छ।

यसबाहेक अर्को आईएन २ मा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम तथा यूनिसोकटी६१० चिपसेट रहने छ।

आईएन २ मा ६.५ इन्चको एचडी एलसीडी+ डिस्प्ले तथा ८ मेगापिक्सेलको वाटरड्रप नच सेल्फी क्यामरा रहनेछ। साथमा पछाडि १३ मेगापिक्सेलको मुख्यसहित डुअल क्यामरा सेटअप रहनेछ।

पावरका लागि १० वाट फास्ट चार्जिङ सहितको ५००० एमएएच ब्याट्री दिइनेछ।

easy care

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार