क्रिप्टो बजारमा प्रवेश गर्ने तयारीमा वनप्लस स्मार्टफोन ब्राण्ड

Technology Khabar १९ जेष्ठ २०७८, बुधबार

क्रिप्टो बजारमा प्रवेश गर्ने तयारीमा वनप्लस स्मार्टफोन ब्राण्ड

काठमाडौं ।

बढ्दो क्रिप्टोकरेन्सी बजारमा वनप्लस अर्को ठूलो नाम हुन सक्ने संभावना रहेको छ। अहिले डिजिटल मुद्रा बजारमा सबैभन्दा ठूलो नाम बिटक्वाइन हो। अब भने चिनियाँ कम्पनी वनप्लसले ब्लकचेन अनुसन्धानको लागि सर्वेक्षण गरिरहेको रिपोर्ट आएको छ।

यो सर्वेक्षण क्रिप्टोकरेन्सीहरूमा प्रयोगकर्ता प्रतिक्रिया संकलन गर्नका लागि भएको बताईएको छ । यस सर्वेक्षणमा कम्पनीले प्रयोगकर्ताहरूलाई ‘के उनीहरूले कहिल्यै क्वाइनबेस, जेमिनी, रबिनहुड और बाइनेन्स जस्ता ट्रेडिङ्ग प्लेटफर्महरू प्रयोग गरेका छन्’ भनेर सोधेको छ । कम्पनीको यो सर्वेक्षणले इंगित गरेअनुसार कम्पनी क्रिप्टोकरेन्सी प्लेटफर्म वा वालेट स्पेसमा प्रवेश गर्न योजना गरिरहेको हुन सक्छ।

बिटक्वाइन, इथेरियम र डजिक्वाइन जस्ता क्रिप्टो मुद्राहरू आजकल धेरै लोकप्रिय भएको छ। यसको श्रेय क्रेडिट ट्रेडिङ्ग एप्सलाई जान्छ जसको माध्यमबाट युवा स्मार्टफोन प्रयोगकर्ताहरूले यी डिजिटल मुद्राहरू सजिलोसँग कारोबार गर्न सक्षम छन्। सायद यही कारण हो कि वनप्लसले पनि यसको प्रयोगकर्ताहरूको लागि यस्तै समाधानको खोजी गरिरहेको छ।

माईस्मार्टप्राइसको रिपोर्टकाअनुसार यो सर्वेक्षण ‘वनप्लस ब्लकचेन रिसर्च’ को नाममा गरिएको छ। जसअनुसार कम्पनी निश्चित रूपमा क्रिप्टोकरेन्सीमा आधारित उत्पादन बनाउन खोज्दैछ भन्ने अनुमान गर्न सकिन्छ। यद्यपि यस समय यस सर्वेक्षणको उद्देश्य ब्लकचेन टेक्नोलोजी बुझ्ने बढी देखिन्छ।

तर केहि प्रश्नहरू यो सर्वेक्षणमा राखिएको छ, जसले क्रिप्टोकरन्सीका लागि नयाँ प्लेटफर्म सिर्जना गर्ने प्रयास भइरहेको छ भनेर देखाउँदछ, जसले बिटक्वाइन जस्ता डिजिटल एसेस्ट स्टोरेज गर्न सक्दछ।

यो सर्वेक्षणमा, के उनीहरूले कहिल्यै क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् भनेर प्रयोगकर्ताहरूलाई सोधिँदै छ र गरेका छन भने उनीहरूले कुन प्लेटफर्म प्रयोग गरे ? लगायतका केही प्रश्नहरू पनि छन् । एजेन्सी

easy care

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार