Technology Khabar १४ फाल्गुन २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । वनप्लसले चाँडै नै वनप्लस ८ सीरीज लन्च गर्न सक्ने देखिएको छ । यस सीरीजमा कम्पनीले वानप्लस ८ प्रो, वानप्लस ८ र वनप्लस ८ लाइट हुन सक्ने छ । गएको केहि दिनयता वनप्लस ८ प्रो स्मार्टफोन ट्रेन्डमा रहेको छ । वनप्लस ८ प्रोको केहि लाइभ फोटोहरु चिनियाँ सोशल साइट विबोमा लीक भएको छ । लीक इमेज अनुसार वानप्लस ८ प्रोमा पञ्चहोल डिस्प्ले रहने छ । लाइभ इमेजमा वनप्लस ८ प्रो को पहिले लीक भएको रेन्डर डिजाइन नै देखिएको छ ।
यद्पी यो स्मार्टफोनको सहि इमेज हो भन्ने पुष्टि भने भएको छैन् । नयाँ लीक भएको वनप्लस ८ प्रो को फोटोमा यसअघि लीक भएको फोटोहरुको जस्तै डिजाइन रहेको छ । फोटोअनुसार यस स्मार्टफोनमा चार रियर क्यामरा अर्थात क्वाड क्यामरा सेटअप पाईने छ । जसमा तीन सेन्सर फोनको ब्याक प्यानलमा सेटअपसँगै रहेको छ भने एउटा सेटअपको बायाँ तर्फ रहेको छ ।
क्यामरा सेटअपको तल पट्टि एलईडि फ्ल्यास रहेको छ । यसअघि आएको रेन्डरमा पनि यहि क्यामरा सेटअप देखिएको थियो । फोनको फ्रन्टमा बडि र कर्व्ड डिस्प्ले हुन सक्ने छ । जुन पञ्चहोल कटआउटसँगै रहन सक्दछ । यी होलहरु स्क्रिनको बायाँ तर्फ हुन सक्ने छन् । यद्पी यो तस्विर कम्पनीको अफिशियल नभएकाले फाइनल प्रोडक्टमा केहि बदलाव पनि हुन सक्नेछ ।
वनप्लस ७ प्रो भन्दा अलग वनप्लस ८ प्रो स्मार्टफोनमा पञ्चहोल क्यामरा हुन सक्ने छ । वनप्लस ७ प्रो मा पपअप क्यामरा सेटअप रहेको थियो । यो स्मार्टफोन ६.६६ इन्चको स्क्रिन साइजसँगै लन्च हुन सक्ने छ भने अरु यससँगै सार्वजनिक हुन सक्ने अरु दुई स्मार्टफोनमा ६.५ इन्चको डिस्प्ले हुन सक्ने छ । डिभाइसमा क्वालकमको स्न्यापड्रयागन ८६५ चिपसेट र ५जी सर्पोट रहन सक्नेछ ।
त्यस्तै वानप्लस ८ लाईट भने कम्पनीको मिड रेन्ज बजेट स्मार्टफोन हुन सक्ने छ । कम्पनीको प्रो भेरियन्टको सिधा टक्कर शाओमी, रियलमी र आईक्युओओ का स्मार्टफोनहरुसँग हुने देखिन्छ । यी फोनहरु ५जी फिचरको लागी प्रशिद्ध रहेका छन् । एजेन्सी
प्रकाशित: १४ फाल्गुन २०७६, बुधबार