सामसङ डिस्प्लेले अब गुगल र अन्य उत्पादकलाई अल्ट्रा थिन ग्लास उपलब्ध गराउने

Technology Khabar १९ जेष्ठ २०७८, बुधबार

सामसङ डिस्प्लेले अब गुगल र अन्य उत्पादकलाई अल्ट्रा थिन ग्लास उपलब्ध गराउने

काठमाडौं ।

सामसङ डिस्प्लेले आफ्नो प्लान्टमा उत्पादित अल्ट्रा थिन ग्लास यूटीजी सामसङबाहेक विश्वका अन्य स्मार्टफोन उत्पादक कम्पनीहरुलाई पनि उपलब्ध गराउने भएको छ।

स्थानीय ईटीन्यूज नामक सञ्चारमाध्यमका अनुसार हालसम्म फोल्डेबल फोनमा मात्र प्रयोग हुने यो प्लास्टिकभन्दा अझ बलियो यूटीजी कम्पनीले आफ्नै ग्यालेक्सी फोल्डेबल फोनका लागि मात्र उपलब्ध गराउँदै आएको थियो।

सामसङले यस्था यूटीजी प्रयोग भएका फोल्डेबल डिभाइसहरु कम्पनीसँग थुप्रै सङ्ख्यामा भएकाले अन्य कम्पनीले उनीहरुसँगै यूटीजी लिएर प्रतिस्पर्धामा आउँदा पनि कुनै खतरा पा नहुने र आफैं अग्रणी स्थानमा रहने आकलन गरेपछि अन्य उत्पादकहरुलाई पनि उपलब्ध गराउने निर्णयमा पुगेको बुझिएको छ।

यसबाट आफ्नो साझेदार कम्पनी डोवु इन्सिसको व्यवसाय पनि बढ्ने भएकाले यसलाई आफैंमा सीमित राख्नुभन्दा अरुलाई आपूर्ति गर्नुमा भलाइ भएको कम्पनीको बुझाइ छ।

पहिले गुगलको फोल्डेबल पिक्सेलमा सामसङको यूटीजी र एमोलेड प्यानल प्रयोग गरिने बुझिएको छ। सामसङ डिस्प्लेले यूटीजीको उपलब्धता यसै वर्षको उत्तरार्द्धमा शुरु गर्ने र गुगलबाहेक शाओमी तथा ह्वावे पनि यूटीजी प्रयोगको दाैडमा रहने आकलन गरिएको छ।

पहिले सामसङले आफ्नो सुपर एमोलेड डिस्प्ले पनि आफैंमा सीमित राखेर पछिमात्रै अन्य कम्पनीहरुलाई सप्लाइ गरेको थियो जुन अहिले लगभग सबैजसो स्मार्टफोनहरुमा सामान्य रुपमा उपलब्ध रहेको देख्न सकिन्छ।

easy care

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार