भारतमा फाइभजी नेटवर्क परीक्षणका लागि कम्पनीहरुलाई फ्रिक्वेन्सी प्रदान

Technology Khabar १६ जेष्ठ २०७८, आईतवार

भारतमा फाइभजी नेटवर्क परीक्षणका लागि कम्पनीहरुलाई फ्रिक्वेन्सी प्रदान

काठमाडौं ।

छिमेकी मुलुक भारतको दूरसञ्चार विभागले फाइभजी परीक्षणका लागि सेवाप्रदायक कम्पनीहरुलाई हालै फ्रिक्वेन्सी छुट्याएको छ ।

विभागले दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलुरु, गुजरात, हैदरावाद लगायत अन्य शहरहरुमा फाइभजी परीक्षणका लागि विभागले फ्रिक्वेन्सी उपलब्ध गराएको स्रोतलाई उल्लेख गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ ।

फाइभजी परीक्षणका लागि ७०० मेगाहर्ज व्याण्ड, ३.३-३.६ गीगाहर्ज ब्याण्ड र २४.२५-२८.५ गीगाहर्ज ब्याण्ड सेवाप्रदायकलाई विभिन्न स्थानअनुसार उपलब्ध गराएको रिपोर्टमा उल्लेख छ ।

गत मे ४ तारिखमा विभागले रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया र एमटीएनएललाई फाइभजी परीक्षणको अनुमति प्रदान गरेको थियो । तर ती कम्पनीहरुमा चिनियाँ प्रविधिको प्रयोग नगरिकन नै फाइभजी परीक्षण गरिनुपर्नेछ ।

फाइभजी परीक्षणकोअन्तर्गत एरिक्सन, नोकिया, सामसङ र सी–डीओटीको प्रविधिले मात्र स्वीकृत पाएका छन् । कतिपय सेवाप्रदायकले आफैंले निर्माण गरेको प्रविधि प्रयोगमा ल्याउने समेत जनाएका छन् ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार

ताजा समाचार