१ करोड ७५ लाख थान पोको फोन बिक्री: सबैभन्दा धेरै एम३, एफ३ र एक्स३ प्रो

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

१ करोड ७५ लाख थान पोको फोन बिक्री: सबैभन्दा धेरै एम३, एफ३ र एक्स३ प्रो

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले पोको नामको ब्राण्डमा पहिलो डिभाइस सार्वजनिक गरेको लगभग ३ वर्ष हुन लागेको छ। यसबीचमा कम्पनीले विश्वभरमा १ करोड ७५ लाख थानको हाराहारीमा पोको फोन बिक्री गर्न सक्षम भएको छ।

गएको नोभेम्बरमा मात्रै करिब ६० लाख पोको फोन बिक्री हुनुले विश्वमा पोको फोनको लोकप्रियता बढ्दै गएको आकलन गर्न सकिन्छ।

यी तीन वर्षमा बिक्री भएका १ करोड ७५ लाख थानमध्ये पोको एम३ मोडल सबैभन्दा बढी बिक्री भएको छ जुन ७ महिनाभन्दा कम समयमा ३२ लाख थान बिक्री भएको थियो। यसरी हेर्दा एम३ मोडलले यसअघिका सफल एफ१ लाइ पनि उछिनेको छ। यसअघि सर्वाधिक बिक्री भएको एफ१ मोडलको बिक्री २२ लाख थान भएको थियो।

उता पोको एफ३ र एक्स३ प्रो दुवैको बिक्री आँकडा मिलाउँदा २० लाख हुन आउँछ। यी दुई मोडल मार्चको अन्तिममा सार्वजनिक भएकाले २ महिना पनि नपुग्दै २० लाख थान बिक्री हुनुलाई सकारात्मक रुपमा हेरिएको छ।

गएको फेब्रुअरीमा आएको आईडीसीको रिपोर्ट अनुसार भारतमा अनलाइनमार्फत् सर्वाधिक बिक्री हुनेमा एम३ मोडल पहिलो नम्बरमा थियो।

यसैगरी पोको एक्स३ प्रो अलि एक्सप्रेसमा उपलब्ध भएको ३० मिनेटमै ४३ हजार थान बिक्री भएको थियो।

easy care

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार

ताजा समाचार