अमेरिकी प्रहरीका सूचकहरुको विवरण सार्वजनिक गरिदिने ह्याकरहरुको धम्की

Technology Khabar १४ बैशाख २०७८, मंगलवार

अमेरिकी प्रहरीका सूचकहरुको विवरण सार्वजनिक गरिदिने ह्याकरहरुको धम्की

काठमाडौं ।

वाशिङ्टन डीसीको महानगरीय प्रहरी विभागले आफ्ना कम्प्युटर नेटवर्कमा साइबर हमला गर्ने उद्देश्यले ह्याकरहरुले तोडमोड गरेको जनाएको छ।

बाबुक नामक र्यान्समवयर समूहले तीन दिनभित्र सम्पर्क नराखे प्रहरीका सूचकहरुको गोप्य विवरण सार्वजनिक गरिदिने धम्की दिइरहेका छन्।

अमेरिकी सञ्चारमाध्यमहरुका वाशिङ्टन डीसी प्रहरीको हवाला दिँदै यसबारेमा एफबीआईले छानबिन गरिरहेको जनाएका छन्।

र्यान्समवयर कम्प्युट्टर नेटवर्कलाई तोडमोड गर्न र सूचनाहरु चोरी गर्नका लागि प्रयोग गरिन्छ।

अन्तरराष्ट्रिय समाचार संस्था एपीका अनुसार सोमबार वाशिङ्टन डीसी प्रहरी विभागले एक विज्ञप्ति जारी गरेर आफ्ना सर्भरमा कसैले अनधिकृत पहुँच पुर्याएको थाहा भएको’ जानकारी गराएको थियो।

विभागले हमलाको पूरा असर र गतिविधिको समीक्षा गर्नका लागि एफबीआईलाई खबर गरेको पनि जानकारी दिएको छ।

यसै वर्षको शुरुवातमा देखा परेको रुसी भाषा बोल्ने बाबुक नामक र्यान्समवयर समूहले प्रहरी विभागको आन्तरिक नेटवर्कबाट पर्याप्त मात्रामा सूचना डाउनलोड गरेको दावी गरेको एपीले जनाएको छ।

easy care

प्रकाशित: १४ बैशाख २०७८, मंगलवार

ताजा समाचार