मेगा बैंकको क्यूआर कोड सेवा विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा

Technology Khabar ४ बैशाख २०७८, शनिबार

मेगा बैंकको क्यूआर कोड सेवा विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा

काठमाडौं ।

मेगा बैंक नेपाल काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी क्यूआर कोड भुक्तानी सेवाको औपचारिक शुभारम्भ गरेका थिए ।

कार्यक्रममा ८० जना तरकारी विक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो ।

मेगा बैंककी सिइओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना संक्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई मेगा बैंकले प्राथमिकता दिइरहेको बताइन् ।

यस्तै विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारका अध्यक्ष छबिलाल ओझाले १ सय ५० जनालाई आफूहरुले रोजगारी सिर्जना गरिरहेको जानकारी दिँदै मेगा बैंकसँग जोडिन पाउँदा अत्यन्तै खुसी भएको बताए ।

यो व्यवस्थासँगै उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन ।

easy care

प्रकाशित: ४ बैशाख २०७८, शनिबार