सीजीका आरजीबी प्यानल लाईट बजारमा सार्वजनिक

Technology Khabar २२ चैत्र २०७७, आईतवार

सीजीका आरजीबी प्यानल लाईट बजारमा सार्वजनिक

काठमाडौं ।

विगत ४ दशकदेखि घरायसी सामग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको बिक्री वितरण गर्दै आइरहेको छ।

यही आयामलाई निरन्तरता दिँदै, ईओएल प्रालिद्वारा बितरित सीजी इलेक्ट्रिकका सामानहरु (एलईडी) बल्ब, स्विच, सकेट, एम सि बी, पनेल लाइट, सबमिटर, मोडुलर र सेमी मोडुलर स्विच, स्ट्रीट लाइट आदि) साथै केन्ट ब्रान्डको पंखा, नेक्स मोडुलर स्विच तथा हिटरहरु बिक्री वितरण गर्दै आएको छ।

कम्पनीले यस विधामा, सीजीका आरजीबी प्यानल लाइट पनि थपेको छ। यसको लागि हेटौंडामा चैत्र २० गते सार्वजनिक गर्दै डिलरको सम्मेलन आयोजित गरेको कम्पनीले जनाएको छ।

ब्राण्डको लागि मकवानपुरका लागि आधिकारीक बिक्रेता स्वस्तिक सप्लायर्स रहेको छ। कार्यक्रममा ब्राण्डका विक्री प्रमुख मदन खनाल, प्रभाकर झा, जयन्त श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो।

सिजीका आरजीबी प्यानल लाईट लामो समय टिक्ने, ऊर्जाको बचत, उत्कृष्ट रंग रेन्डरिङ्ग, २४ महिनाको वारेन्टी साथै क्वालिटीको ग्यारेन्टी रहेको जनाइएको छ।

चौधरी ग्रुप अन्तर्गत ईओएल प्रालिले सीजी इलेक्ट्रिक ब्राण्डको नेपालमा बिक्री–वितरण मार्केटिङ, ब्राण्डिङ्ग गर्दै आईरहेको जनाएको छ।

*सम्पादित

easy care

प्रकाशित: २२ चैत्र २०७७, आईतवार

ताजा समाचार