शाओमीको एमआई१० सिरिजको नयाँ स्मार्टफोन मार्च १० मा सार्वजनिक हुँदै

Technology Khabar २४ फाल्गुन २०७७, सोमबार

शाओमीको एमआई१० सिरिजको नयाँ स्मार्टफोन मार्च १० मा सार्वजनिक हुँदै

काठमाडौं ।

शाओमीले मी११ लाइनअपको सट्टा एमआई १० सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।

सार्वजनिक हुने नयाँ फोनको नाम शाओमी एमआई १०एस हुने र यसको आधिकारिक सार्वजनिक हुने मिति आउँदो मार्च १० तारिख रहेको छ।

यसमा १०८ मेगापिक्सेलको मुख्य क्यामरासहित पछाडिपट्टि चारवटा क्यामरा सेटअप रहनेछ। यीमध्ये बाँकी तीनवटा क्यामरा अल्ट्रा वाइड एङ्गल, म्याक्रो र डेप्थका लागि हुनेछन्। साथै यसमा डुअल एलईडी फ्ल्याश पनि दिइनेछ। तर यसमा पेरिस्कोप लेन्स भने उपलब्ध हुनेछैन्।

यसको फ्रन्ट प्यानलका बारेमा कुनै जानकारी सार्वजनिक नभए पनि यसमा एमोलेड डिपस्प्ले तथा फिंगरप्रिन्ट सेन्सर रहने अपेक्षा गरिएको छ। यसको पछाडिपट्टी कुनै सेन्सर नभएकाले पनि फिंगरप्रिन्ट सेन्सर डिस्प्लेमै रहने आकलन गरिएको हो।

यसमा क्वालकमको स्न्यापड्र्यागन ८७० चिपसेट र ३३ वाट फास्ट चार्जिङसहितको ५००० एमएएच क्षमताको ब्याट्री ब्याकअप रहने आकलन गरिएको छ।

easy care

प्रकाशित: २४ फाल्गुन २०७७, सोमबार

ताजा समाचार