ह्वावेले अप्रिलमा फ्ल्यागशिप ट्याब्लेट ल्याउँदै

Technology Khabar २४ फाल्गुन २०७७, सोमबार

ह्वावेले अप्रिलमा फ्ल्यागशिप ट्याब्लेट ल्याउँदै

काठमाडौं ।

ह्वावेले आउँदो अप्रिल १७ तारिखमा फ्ल्यागशिप स्मार्टफोन पी५० सिरिजका साथै एउटा फ्ल्यागशिप ट्याब्लेट पनि सार्वजनिक गर्ने भएको छ।

सार्वजनिक हुनेमा फ्ल्यागशिप स्मार्टफोनमा पी५० सिरिजका पी५०, पी५० प्रो, पी५० प्रो प्लस तथा मेट प्याड प्रो २ रहने स्रोतले जनाएको छ।

मेटप्याड प्रो २ का नामले सार्वजनिक हुँदै गरेको ५जी सपोर्ट गर्ने ट्याब्लेट गएको फेब्रुअरीमा वेबमा दर्ता गरिएको थियो र यसमा किरिन ९००० एसओसी चिपसेट रहने बताइएको थियो।

अघिल्लो वर्ष किरिन ९९० एसओसी चिपसेट र १०.८ इन्चको २के रेजोल्युशन भएको ह्वावेको मेटप्याड प्रो बजारमा आएको थियो।

अब सार्वजनिक हुने मेटप्याड प्रो २ भने दुई बेग्लै साइजमा आउनेछ। यिनीहरुमध्ये एउटा ह्वाशिङले उपलब्ध गराएको १२२ इन्चको स्क्रीन तथा अर्को सामसङले उपलब्ध गराएको १२६ इन्चको स्क्रीन साइजमा बजारमा आउनेछन्।

यी दुवै साइजका स्क्रीनहरु उच्च रिफ्रेश रेट हुने बताइएको छ।

मेट प्याड प्रो २ मा यसको अघिल्लो भर्जन (मेट प्याड प्रो) मा भन्दा बढी ब्याकअप भएको ब्याट्री रहने र यसले ४० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने स्रोतले जनाएको छ। यस बाहेक यसमा ४ वटा स्पीकरसमेत रहनेछन्।

easy care

प्रकाशित: २४ फाल्गुन २०७७, सोमबार

ताजा समाचार