आईफोन १३ प्रो को विवरण बाहिरियो, १ टेराबाइट आन्तरिक स्टाेरेज भर्जनमा आउने

Technology Khabar १८ फाल्गुन २०७७, मंगलवार

आईफोन १३ प्रो को विवरण बाहिरियो, १ टेराबाइट आन्तरिक स्टाेरेज भर्जनमा आउने

काठमाडौं ।

एप्पलले आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने आईफोन १३ सिरिजमा अध्ययन गरिरहेको बुझिएको छ। आईफोन १३ सिरिज सार्वजनिक हुन थुप्रै समय बाँकी भए पनि विभिन्न सामाजिक सञ्जाल तथा अनलाइनहरुमा यसका विवरणहरु आउन थालेका छन्।

पछिल्लोपटक सार्वजनिक भएको जानकारीमा यसको सम्भावित डिस्प्लेका बारेमा रहेको छ।

यस रिपोर्टका अनुसार आईफोन १३ प्रो मा १२० हर्ज रिफ्रेश रेट रहेको एलटीपीओ ओएलईडी डिस्प्ले रहनेछ। त्यस बाहेक स्क्रीनको माथिपट्टी एउटा नच रहने भएकोले आईफोनका अघिल्ला संस्करणभन्दा डिस्प्लेको साइज थोरै घट्न सक्ने आंकलन गरिएको छ।

कम्पनीले आईफोन १३ प्रो मा इन डिस्प्ले फिंगरप्रिन्ट दिने तथा यो डिभाइसले वाईफाई ६इ सपोर्ट गर्ने बुझिएको छ। जानकारी अनुसार यो डिभाइसमा इन डिस्प्ले सेन्सर भने नहुने बताइएको छ।

१ टीबी स्टाेरेज भर्जन पनि आउने

यस बाहेक एप्पलले आईफोन १३ प्रो को १ टीबी स्टोरेज क्षमता भएको भेरियन्ट पनि ल्याउने छ। यो स्टोरेज अहिलेसम्म एप्पलका डिभाइसहरुमा रहेकोमध्ये सबैभन्दा धेरै स्टोरेजको ठिक दोब्बर हो। यस अघिको आईफोन १२ सिरिजमा सबैभन्दा बढी स्टोरेज ५१२ जीबी थियो। तर बेस भर्जनको स्टोरेज क्षमता भने १२८ जीबीबाट नबढाइने बुझिएको छ।

यसै रिपोर्टलाई आधार मान्दा कम्पनीले क्वालकमको स्न्यपड्र्यागन एक्स६० फाइभजी मोडेम प्रयोग गर्नेछ।

क्यामरा

रिपोर्ट मुताविक आईफोन १३ प्रो मोडलमा आईफोन १२ मा रहेका भन्दा सुधारिएको १.८ एफ अपर्चरसहितको अल्ट्रा वाइड एङ्गल क्यामरा लेन्स रहनेछ। यसअघिको आईफोन १२ सिरिजमा रहेको अल्ट्रा वाइड एङ्गल क्यामरा लेन्समा २.४ एफसम्मको अपर्चरमात्र उपलब्ध थियो।

ब्याट्री

पहिलेका सिरिज र मोडलहरुमा भन्दा के कति हिसाबले बढ्छ भन्ने यकिन नभए पनि आईफोन १३ प्रो मोडलमा पहिलेभन्दा अलि बढी क्षमताको ब्याट्री ब्याकअप दिइने र यसका कारण यो सेट पहिलेभन्दा केही गह्रुंगो हुनसक्ने छ। एजेन्सीका साथ

easy care

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

ताजा समाचार