गेमिङ फोन लेजिअन प्रो को अपडेटेड भर्जन ल्याउँदै लेनोभो

Technology Khabar १८ फाल्गुन २०७७, मंगलवार

गेमिङ फोन लेजिअन प्रो को अपडेटेड भर्जन ल्याउँदै लेनोभो

काठमाडौं ।

 

लेनोभोले विबोमार्फत् आफ्नो आउँदै गरेको गेमिङ फोनको झलक प्रस्तुत गरेको छ।

विबोमा लनोभोका महाप्रबन्धक चेन जिनले विबोमा एउटा पोस्टमा लेखेका छन्, यो फोन थुप्रै फिचरहरुले भरिपूर्ण हुनेछ र गेमिङ एक्सपिरियन्सका लागि कुनै किसिमको सम्झैता गरिएको छैन।

उनले यो फोन यसै वर्षको वसन्त ऋतुसम्ममा सार्वजनिक गरिसक्ने पनि बताएका छन्।

यो फोन लेजिअन प्रो २ गत वर्ष आएको लेजिअन प्रो को अपडेटेड भर्जन हो। यसमा स्नयापड्र्यागन ८८८ प्रोसेसर र १६ जीबीसम्म र्याम प्रयोग हुन सक्नेछ। यसैले यो डिभाइस नतातोस् भनेर कुलिङका लागि डिभाइसभित्रै वा अट्याच गर्न मिल्ने फ्यान पनि आवश्यक हुने देखिन्छ।

लेजिअनको सुरुवाती भर्जनलाई आधार मान्ने हो भने अहिलेको अपडेटेड भर्जनमा कम्तीम ५ हजार मिलि एम्प आवरको ब्याट्री तथजा १४४ हर्ज रिफ्रेश रेट भएको एमोलेड डिस्प्ले रहन सक्छ।

easy care

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार