‘सिम टिभी अज्जबको फाईदा गज्जब’को अफर, डिशहोमको फाइबर जडानमा सिम टिभीको शुल्क फ्रि

Technology Khabar २२ माघ २०७७, बिहीबार

‘सिम टिभी अज्जबको फाईदा गज्जब’को अफर, डिशहोमको फाइबर जडानमा सिम टिभीको शुल्क फ्रि

काठमाडौं ।

डिशहोमको फाइबरनेटमा सिम टिभी अज्जबको फाईदा गज्जबको अफर सञ्चालनमा आएको छ। डिशहोमको फाइबर जडान गर्दा सिम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना,६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ।

डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा ड्रुप वायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

भैसेपाटी,नख्खु, कपन, बौद्ध, पेप्सीकोला लगायतका ठाउँमा सन्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ।

बिगत लामो समय देखी केबल टिभीको प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवर्क प्रालिले अहिले पछिल्लो समयमा ईन्टरनेट सेवा प्रदान गर्न थालेको हो।

नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रबिधीबाट एउटा फाइबर वायरबाट ईन्टरनेट र टिभी चल्ने छ।

easy care

प्रकाशित: २२ माघ २०७७, बिहीबार

ताजा समाचार