उच्च प्रबिधिको आर्टिफिसीयल इन्टेलिजेन्स भएको एलजीको वाशिङ मेसिन बजारमा

Technology Khabar १३ माघ २०७७, मंगलवार

उच्च प्रबिधिको आर्टिफिसीयल इन्टेलिजेन्स भएको एलजीको वाशिङ मेसिन बजारमा

काठमाडौं ।

एलजीको एआई डीडी आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ भएको भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ ।

यस वासिङ मेसिनमा एआई डीडी लगायत नयाँ प्रविधि रहेको छ । जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता लगायत विशेषता पत्ता लगाउछ । कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशत जोगाउने गर्छ ।

एआई डिडी वासिङ मेसिनले बिग डाटा बिग लर्निङ उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ ।

यस वासिङ मेसिनमा स्टिम प्लस टिएम प्रविधि रहेको छ । जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्ने दाबी कम्पनीको छ ।

यसले कपडालाई ३० प्रतिशत खुम्चनबाट बचाउने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १३ माघ २०७७, मंगलवार

ताजा समाचार