शाओमी रेडमीमा पनि स्न्यापड्रागन ८८८ चिपसेट राखिने, चिप राखिएकामध्ये सबैभन्दा सस्तो फोन हुने

Technology Khabar १७ पुष २०७७, शुक्रबार

शाओमी रेडमीमा पनि स्न्यापड्रागन ८८८ चिपसेट राखिने, चिप राखिएकामध्ये सबैभन्दा सस्तो फोन हुने

काठमाडौं ।

क्वालकमको नयाँ चिपसेट स्न्यापड्रागन ८८८ सहितको स्मार्टफोन बजारमा सार्वजनिक भएको छ । शाओमी एमआई ११ मा पहिलो पटक स्न्यापड्रागनको नयाँ हाई एन्ड चिपसेट ८८८ प्रयोग गरिएको छ ।

आगामी वर्षदेखि रियलमी रेस, ओपो फाइन्ड एक्स३, वानप्लस ९ लगायत विभिन्न स्मार्टफोन उत्पादकले समेत स्न्यापड्रागन ८८८ चिप सेटमा आधारित उत्पादन बजारमा ल्याउनेछन् । हाल शाओमी एमआई ११ मा मात्र स्न्यापड्रागन ८८८ चिप सेट प्रयोग भएको छ ।

आगामी दिनमा स्न्यापड्रागन ८८८ चिपसेट प्रयोगका लागि फोन निर्माताहरुबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । फोनको बजार मूल्य र पर्फर्मेन्सले नै यी कम्पनीहरुको बजार निर्धारण गर्नेछ । शाओमी एमआई ११ को सूरुवाती मूल्य ६१२ अमेरिकी डलर तोकिएको छ। शाओमी एमआई १० को मूल्य पनि एमआई ११ कै हाराहारीमा छ।

रिर्पोटका अनुसार अब भने रेडमी सिरिजमा पनि स्न्यापड्रागन ८८८ चिपसेट प्रयोग गरिनेछ र  स्न्यापड्रागन ८८८ चिपसेट भएको रेडमी फोनले शाओमीको रेकर्ड तोड्ने अनुमान छ । शाओमी एमआई ११ जनवरी १ गते बजारमा उपलब्ध हुनेछ भने अर्कोतर्फ स्न्यापड्रागन ८८८ सहितको रेडमी फोन विकासकै क्रममा छ ।

डिजिटल च्याट स्टेसनका अनुसार रेडमी स्न्यापड्रागन ८८८ मा कोडनाम ‘ह्याड्न’ दिइएको छ । यो फोनको मोडल नम्बर ‘के११’ हो । स्न्यापड्रागन ८८८ चिस भएको रेडमी फोन अन्य प्रतिस्पर्धीको तुलनामा सस्तो मूल्यमा सार्वजनिक हुनेछ ।

पोको डिभाइसले पनि ‘के११’ मोडल नम्बर प्रयोग गरेको छ । रेडमीले पनि त्यही सर्टिफिकेट प्राप्त गरेको छ । स्न्यापड्रागन ८८८ रेडमी फोन पोको फोनको रिब्रान्ड हुन सक्ने अनुमान छ।

easy care

प्रकाशित: १७ पुष २०७७, शुक्रबार