कुमारी बैंकको मोबाइल बैकिङ्गबाटै अब कर्जा पाईने, अन्य निवेदन तथा कागजात नचाहिने

Technology Khabar १५ कार्तिक २०७७, शनिबार

कुमारी बैंकको मोबाइल बैकिङ्गबाटै अब कर्जा पाईने, अन्य निवेदन तथा कागजात नचाहिने

काठमाडौं ।

कुमारी बैंकले कुमारी फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ ।

बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले कुमारी फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो ।

यससँगै कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेका ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकत्तम १ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट कुमारी फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्ने बताईएको छ।

साथै, कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन भने कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन ।

ग्राहकलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न कुमारी फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हाल १८४ शाखा-संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिङ्ग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको जनाएको छ।

easy care

प्रकाशित: १५ कार्तिक २०७७, शनिबार

ताजा समाचार