बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु

Technology Khabar ७ आश्विन २०७७, बुधबार

बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु

काठमाडौं ।

बाढीले लघु जलविद्युत् आयोजना बगाएपछि सञ्चार सेवाबाट वञ्चित भएको बागलुङको ढोरपाटन क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरी टेलिफोन सेवा सुचारु गरिएको छ।

नेपाल टेलिकम, बागलुङले ढोरपाटन नगरपालिका–८, बोवाङ बिजौरीमा रहेको टावरमा १३५ वाटको २४ थान सोलार जडान गरेर सञ्चार सेवा सञ्चालनमा ल्याएको हो ।

बाढी प्रभावित क्षेत्रमा तत्काल लघु जलविद्युत् सञ्चालनमा आउन नसक्ने भएपछि वैकल्पिक ऊर्जाको प्रयोगमा ध्यान दिएको नेपाल टेलिकम, बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए।

सेवा सुचारु गर्न टेलिकमले पोखरादेखि प्राविधिक टिमसहित सोलार सेट व्यवस्थापन गरेको थियो । गोरखापत्रबाट

easy care

प्रकाशित: ७ आश्विन २०७७, बुधबार

ताजा समाचार