पाँच वटा क्यामरा भएको भिभो भी २० प्रो थाइल्याण्डमा सार्वजनिक, नेपाली बजारमा पनि आउँदै

Technology Khabar ७ आश्विन २०७७, बुधबार

पाँच वटा क्यामरा भएको भिभो भी २० प्रो थाइल्याण्डमा सार्वजनिक, नेपाली बजारमा पनि आउँदै

काठमाडौं ।

भिभोले आफ्ना दुई नयाँ मोडर भिभो भी२० प्रो र भिभो भी२० थाइल्याण्डमा सार्वजनिक गरेको छ। भी सिरिजका यी दुवै फोन पछाडिपट्टी तीनवटा क्यामरासहित छरितो डिजाइनमा उपलब्ध छ भने पछाडि म्याट ग्लास राखिएको छ जसले गर्दा समाउँदा चिप्लने समस्या कम हुन्छ।

यसको ब्याक प्यानल लगभग भिभोकै एक्स५० को जस्तै छ। भिभो भी२० प्रो दुई वटा सेल्फी क्यामराका साथै क्वालकम स्न्यापड्रागन ७६५ प्रोसेसर राखिएको छ।

साथै यसले ५जीसपोर्ट गर्छ। यता भिभो भी२० मा भने एउटामात्र सेल्फी क्यामरा छ र यसमा स्न्यापड्रागन ७२० प्रोसेसर लगाइएको छ।

थाइल्याण्डमा सार्वजनिक भएका यीदुई फोनमध्ये भिभो भी२० प्रो को मूल्य १४,९९९ थाइ भाट अर्थात् करिब ५६ हजार नेपाली रुपैयाँ राखिएको छ भने यो मूनलाइट सोनाटा, मिडनाइट ज्याज र मेलडी शेड्स गरी तीन रंगमा उपलब्ध छ।

त्यस्तै भिभो भी२० को भने मूल्य खुलाइएको छैन भने यो मिडनाइट ज्याज र सनसेन मेलडी रंगमा उपलब्ध हुनेछ।

भिभो भी२० प्रो एण्ड्रोइड १० मा आधारित फनटच ओएस ११ अपरेटिङ सिस्टममा चल्छ। यसमा ६.४४ इन्चको १०८०x२४०० पिक्सलको फुल एचडी एमोलेड छ भने यसको आस्पेक्ट रेशिइो २०ः९ रहेको छ। यसले एचडीआर १० सपोर्ट गर्छ भने क्वालकम स्न्यापड्रागन ७६५ अक्टाकोर प्रोसेसरका साथ आउँछ। यसमा ८ जीबी र्‍याम दिइएको छ।

यसको पछाडिपट्टी ६४ मेगापिक्सेलको मुख्य क्यामरा छ भने सँगै अल्ट्रा वाइड एङ्गलको ८ मेगापिक्सेल र २ मेगापिक्सेलको मोनोक्रोम क्यामरा रहेको छ। दुई वटा सेल्फी क्यामरामध्ये ४४ मेगापिक्सेलको मुख्य तथा ८ मेगापिक्सेलको सेकेन्डरी क्यामरा रहेका छन्।

यसमा १२८ जीबीको आन्तरिक स्टोरेज दिइएको छ भने ५जी ४जी एलटीई वाइफाइ ब्लुटूथ जीपीएस ए९ जीपीएस तथा टाइप सी सपोर्ट गर्नेगरी बनाइएको छ। यो बाहेक ४,००० एमएएचको ब्याट्री तथा त्यसलाई चार्ज गर्न ३३ वाटको शक्तिशाली फास्ट चार्जर पनि दिइएको छ।

भिभो भी २० मा पनि फन टच ओएस ११ मा चल्छ तर यसमा क्वालक्म स्न्यापड्रागनको अक्टाकोर ७२० प्रोसेसर मात्र दिइएको छ। क्यामरा भने भी २० प्रोको जस्तै पछाडि ६४ र अगाडि ४४ मेगापिक्सलको मुख्य क्यामरा लगाइएको छ।

ब्याट्री र चार्जर पनि भी २० प्रो को जस्तै ४,००० एमएएच तथा ३३ वाट फास्ट चार्जर समावेश गरिएको छ। भी २० को पुरै स्पेसिफिकेशन भने सार्वजनिक गरिएको छैन।

यी दुबै फोनहरु नेपाली बजारमा समेत आउनेछन् । भिभोको नयाँ फोन अक्टोबरमा अर्थात असोजको अन्तिम साता नेपालमा लन्च हुने अपेक्षा गरिएको छ । यसको मूल्य कति हुनेछ भन्ने अझै स्पष्ट भएको छैन् ।

easy care

प्रकाशित: ७ आश्विन २०७७, बुधबार

ताजा समाचार