निषेधाज्ञाको समयमा डेलिभरी सेवा बन्द, शशर्त छोडिए संचालक र कर्मचारीहरु

Technology Khabar १२ भाद्र २०७७, शुक्रबार

निषेधाज्ञाको समयमा डेलिभरी सेवा बन्द, शशर्त छोडिए संचालक र कर्मचारीहरु

काठमाडौं ।

शुक्रबार पक्राउ परेका ईकमर्श तथाअनलाइन डेलिभरी सेवाका संचालक तथा कर्मचारीहरुलाई प्रहरीले शुक्रबार राती रिहा गरेको छ ।

उनीहरुलाई निषेधाज्ञाको समयमा तोकिएको समयअवधिपछि डेलिभरी सेवा नदिने शर्तमा रिहा गरिएको हो ।

पछिल्लो पटक काठमाडौमा कोराना संक्रमण बढेपछि उपत्यकाका तीन वटै जिल्लामा निशेधाज्ञा जारी छ । निशेधाज्ञा भएको आठौं दिनमा खाद्यान्न, तरकारी तथा उपभोग्य सामाग्रीहरु डेलिभरी गरिरहेका कम्पनीका सञ्चालक तथा डेलिभरी गर्ने कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले बेलुका केहि घन्टा नियन्त्रणमा राखेर निशेधाज्ञा अवधिभरी सामान डेलिभरी नगर्ने शर्तमा सञ्चालकहरुलाई छोडिएको छ ।

यससँगै अब निशेधाज्ञा अवधिभर डेलिभरी सेवा बन्द रहने एक ईकमर्शका संचालकले बताए ।

*हेडलाइन सम्पादन

यो पनि हेर्नुस्-

ईकमर्श कम्पनीका कर्मचारीहरु प्रहरीद्धारा धरपकड, सहज वातावरण बनाईदिन कम्पनीहरुको अनुरोध

easy care

प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार

ताजा समाचार