Technology Khabar ११ भाद्र २०७७, बिहीबार
ईकमर्श कम्पनीअरुले आफ्ना कर्मचारीहरुलाई प्रहरीले पक्राउ गर्ने तथा सवारी साधन समेत नियन्त्रणमा लिएको जनाएको छ ।
ईकमर्श तथा अनलाइन डेलिभरी कम्पनीहरुको संस्था नेपाल ईकमर्श तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले सो बारेमा सार्वजनिक अपिल गर्दै तत्काल पक्राउ परेका लागि रिहा गर्दै सेवा संचालनगर्ने वातावरण बनाउन माग गरेकोछ ।
फोरमकाअनुसार बिना कारण जानकारी समेत नगराई विभिन्न स्थानहरुमा कर्मचारीहरुलाई पक्राउ गरिएको छ भने सेवामा प्रयोग हुने सवारी साधन समेत नियन्त्रणमा राखिएको छ ।
अहिलेको कठिन परिस्थितीमा आफ्नो स्वास्थ्यको समेत ध्यान राख्दै संक्रमणबाट जोगिन आवश्यक हुने सबैजसो तोकिएको मापदण्डहरु पुरा गरेर हामीले सर्वसाधारणहरुलाई आवश्यक हुने अत्यावश्यक खाद्यान्न तथा अन्य उपभोग्य वस्तुहरु घरघरमा डेलिभरी गर्दै आईरहेको छौं, अपिलमा भनिएको छ ।
सो बारेमा काठमाडौं प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशको समेत बर्खिलाप हुनेगरि सो कार्य भएको भन्दै यसको लागि सहज माहौल बनाईदिन समेत अनुरोध गरेको छ ।
यसै विषयमा फुडमाण्डूका मार्केटिङ्ग प्रमुख श्याम मालीले समेत आफ्ना डेलिभरी सेवामा रहेका कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए ।
‘हाम्रा कर्मचारीहरुलाई विभिन्न स्थानमा बेलुका पक्राउ गरेको थियो र अन्य कम्पनीका कर्मचारीहरुलाई समेत पक्राउ गरेको जानकारी आएकोछ,’ उनले भने ।
यो पनि हेर्नुस्-
ईकमर्श व्यवसायलाई व्यवस्थित र नियमन गर्न ऐन ल्याउने सरकारको तयारी
प्रकाशित: ११ भाद्र २०७७, बिहीबार