माइक्रोसफ्टले एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित फोल्डेबल स्मार्टफोन ल्याउँदै

Technology Khabar ३० श्रावण २०७७, शुक्रबार

माइक्रोसफ्टले एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित फोल्डेबल स्मार्टफोन ल्याउँदै

काठमाडौं ।

मोबाइल फोन बजारमा असफलता भोगेको टेक कम्पनी माइक्रोसफ्टले फेरी नयाँ स्मार्टफोन सार्वजनिक गर्ने योजना ल्याएको छ ।

कम्पनीले यस पटक भने एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित हाइ रेञ्जको स्मार्टफोन ल्याउने भएको हो ।

कम्पनीले सेप्टेम्बर १० मा नयाँ स्मार्टफोन ल्याउने घोषणा गरेको छ। तर यसलाई माइक्रोसफ्टको आफ्नै ट्याबलेट सिरिजको नाम सर्फेस डूयो दिइएको छ । यो फोनको मूल्य १ हजार ३९९ अमेरिकी डलर हुने बताइएको छ।

कम्पनीले यसलाई फोल्डेबल फोनको रुपमा ल्याउन लागेको हो । दुईवटा स्क्रिन हुने यो फोन ट्याब्लेट डिजाईनमा आउनेछ। यसको डिस्प्ले ८ इन्चको हुने छ। फोनमा एउटामात्र क्यामरा हुने र यसले फोर के भिडियो रेकर्ड गर्न सक्ने कम्पनीको ब्लगमा उल्लेख गरिएको छ।

यसअघि माइक्रोसफ्टले आफ्नै विण्डोज अपरेटिङ सिस्टममा आधारित रहेर नोकिया ब्राण्डमा लुमिया लगायतका मोडलहरु ल्याएको थियो। तर सो फोन बजारमा असफल भएपछि त्यसको उत्पादन सन् २०१८ देखि बन्द गरेको थियो ।

यो फोनले पर्सनल कम्प्युटरको जस्तै काम गर्ने बताइएको छ। एजेन्सी

easy care

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार

ताजा समाचार