विरोधले गर्दा भारतमा चिनियाँ मोबाइल ब्राण्ड समस्यामा, ‘मेड इन इण्डिया’ लगाउँदै शाओमी

Technology Khabar ११ असार २०७७, बिहीबार

विरोधले गर्दा भारतमा चिनियाँ मोबाइल ब्राण्ड समस्यामा, ‘मेड इन इण्डिया’ लगाउँदै शाओमी

काठमाडौं ।

चीन विरोधी भावनाका कारण, चिनियाँ उत्पादनहरूलाई हाल भारतमा धेरै स्थानहरूमा विरोध र बायकट भइरहेको छ। तर भारतीय स्मार्टफोन बजारमा चिनियाँ कम्पनीहरूको कब्जामा भएकोले यसले उनीहरूलाई असर गर्न सक्ने देखिएको छ।

चिनियाँ स्मार्टफोन निर्माता शाओमी भारतमा नम्बर १ ब्राण्डको रुपमा बजारमा रहेको छ। कम्पनीले नोक्सानबाट जोगिन अधिकांश शहरहरुका शोरुम स्टोरहरुको अगाडी कम्पनीले ‘मेड इन इण्डिया’को लोगोलाई राखिरहेको छ।

भारतमा चीन विरोधी भावना बढेसँगै अब कम्पनीले मेड इन इण्डियाको पोष्टर्सलाई आफ्नो विशेष स्टोरहरूमा राख्दैछ। भारतीय समाचार रिपोर्टहरुकाअनुसार कम्पनीले आफ्नो शप फ्लोर प्रमोटरहरुलाई शाओमी युनिफर्म प्रयोग नगर्न आग्रह गरेको छ।

दिल्ली-एनसीआर, मुम्बई, चेन्नई, पटना, आग्रा र पुणे जस्ता शहरहरूमा शाओमी स्टोरहरूलाई मेड इन इन्डिया लोगोले ढाकिएको छ।

अल इण्डिया मोबाइल रिटेलर संघ (एआईएमआरए) ले शाओमी, ओप्पो, भीभो, वनप्लस, रियलमी, लेनेभो-मोटो र ह्वावेलाई पत्र लेखेको छ।

चीनको बिरूद्ध धेरै ठाउँमा प्रदर्शनहरु भइरहेको छ र चिनियाँ उत्पादनहरु बिक्रीमा रोक लगाउन वा नकिन्नको लागि माग गरिएको छ। यसै समयमा धेरै स्थानहरूमा तोडफोड र तालाबन्दी समेत देखिएको छ।

सो चिठीमा खुद्रा विक्रेताहरुलाई एन्टि चाइना सेन्टिमेन्टकोसमयमा भौतिक क्षतिबाट बचाउन केही महिनाको लागि आफ्नो ब्रान्ड लोगो ढाक्न भनिएको छ।

हालै मात्र सीएनबीसी टिभीलाई दिएको एक अन्तर्वार्तामा शाओमी भारतका प्रमुख मनु कुमार जैनले बाइकट चाइना सेन्टिमेन्टले शाओमीको भारत व्यवसायलाई असर नगर्ने बताएका थिए । उनले भनेका छ कि शाओमीका उत्पादनहरू अझै बिक्रीमा छन्।

मनु जैनले शाओमीका अधिकांश स्मार्टफोन भारतमा बनेको बताएका छन्। उनले शाओमी भारतीय स्मार्टफोन कम्पनीहरु भन्दा बढी भारतीय भएको दाबी गरेका छन्। एजेन्सीका साथ

easy care

प्रकाशित: ११ असार २०७७, बिहीबार

ताजा समाचार