नेपालका टेलिकम अपरेटरहरुलाई ‘ग्रीन टेलिकम’ बनाउन नयाँ नियम ल्याईने

Technology Khabar २ असार २०७७, मंगलवार

नेपालका टेलिकम अपरेटरहरुलाई ‘ग्रीन टेलिकम’ बनाउन नयाँ नियम ल्याईने

काठमाडौं ।

नेपाली मोबाइल अपरेटरहरुले खपत र उत्सर्जन गर्ने उर्जालाई न्यूनिकरण गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नियमनकारी ढाँचा तयार पार्ने भएको छ।

दूरसञ्चार प्राधिकरणले अहिले नेपालमा संचालित टेलिकम कम्पनीहरुको अध्ययन गरी ‘ग्रीन टेलिकम’को अवधारणा ल्याएको छ ।

प्राधिकरणले त्यसको लागि टेलिकम कम्पनीहरुको अहिलेको अवस्थाको समेत अध्ययन गर्नेछ । सोहि आधारमा आगामी आर्थिक वर्षमा ‘रेगुलेटरी फ्रेमवर्क’ तयार गर्नेछ ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले उर्जा खपतलाई न्यूनिकरण गर्न सो योजना राखिएको बताए।

‘अहिले टेलिकम कम्पनीहरुले खपत गरेको उर्जालाई कम गर्ने र वातावरणमैत्री बनाउनका लागि नयाँ नियम ल्याउन बजेट राखिएको हो,’ उनले भने ।

ग्रीन टेलिकमको लागि प्राधिकरणले आगामी आवमा १५ लाख रुपैयाँ छुट्याएको छ जसमा अध्ययन र नियमनकारी ढाँचा तयार पार्नेछ । त्यसको लागि परामर्शदाता नियक्त गर्ने र ढाँचा तयार पार्न लगाईनेछ।

easy care

प्रकाशित: २ असार २०७७, मंगलवार

ताजा समाचार