सामसङको एस भ्वाइस सेवा आजदेखि बन्द, यी सामसङ डिभाइसहरु प्रभावित हुनेछन् (हेर्नुस् सूची)

Technology Khabar १९ जेष्ठ २०७७, सोमबार

सामसङको एस भ्वाइस सेवा आजदेखि बन्द, यी सामसङ डिभाइसहरु प्रभावित हुनेछन् (हेर्नुस् सूची)

काठमाडौं ।

दक्षिण कोरियाली टेक कम्पनी सामसङले आजबाट आफ्नो विशेष सेवा एस भ्वाइस असिस्टेन्टलाई बन्द गरेको छ ।

कम्पनीले यसअघि नै  एस भ्वाइस सर्भिस बन्द गर्ने घोषणा गरेको थियो। कम्पनीले आफ्नो एस भ्वाइस असिस्टेन्ट जून १ तारिखबाट अर्थात आजबाट बन्द हुने बताएको थियो ।

सामसङ स्मार्टफोनका लागि यो भ्वाइस असिस्टेन्ट अहिलेको बिक्स्बी भन्दा धेरै अगाडि सुरू गरिएको थियो ।

सामसङ एस भ्वाइसबाट कल गर्नका लागि आदेशहरू सेट गर्ने, रिमाइन्डरहरू गर्ने लगायतका काम गर्न सकिन्छ । यसका साथै यसले प्रयोगकर्तालाई समय बताउँछ र इन्टरनेटमा दिइएको आदेश पनि खोजी गर्न सक्दछ। यद्यपि सामसङले ग्यालेक्सी एस ८ स्मार्टफोन लन्चपछि कम्पनीले आफ्नो शक्तिशाली भ्वाइस असिस्टेन्ट बिक्सबी सुरु गरेकोसँगै यसको उपयोगीता कम हुँदै गएको थियो ।

सामसङले आफ्नो सपोर्ट पृष्ठमा केही सामसङ मोडेलहरूको सूची पनि जारी गरेको छ, जसमा यो भ्वाइस असिस्टेन्टले काम गर्दछ। तर जून १ देखि भने यो प्रयोग हुनेछैन्  र यसको साटो बिक्सबी प्रयोग हुनेछ ।

यसका साथै कम्पनीको वेयरेबल डिभाइसहरुमा पनि अहिलेको एस भ्वाइस असिस्टेन्ट जून १ देखि बन्द हुनेछ भने त्यसपछि कम्पनीले ती सबै डिभाइसलाई अहिलेको बिक्सबीका लागि अपग्रेड गर्न भनेको छ ।

यी डिभाइसहरु यो सेवा बन्द हुँदा प्रभावित हुनेछन् ।

ग्यालेक्सी ए३, ग्यालेक्सी ए५, ग्यालेक्सी ए७, ग्यालेक्सी ए८, ग्यालेक्सी ए९, ग्यालेक्सी नोट एफई, ग्यालेक्सी नोट ५, ग्यालेक्सी नोट ४, ग्यालेक्सी नोट ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एस७, ग्यालेक्सी एस७ एज, ग्यालेक्सी एस६, ग्यालेक्सी एस६ एज, ग्यालेक्सी एस५, ग्यालेक्सी एस ४, ग्यालेक्सी एस३ लगायत .(Galaxy A3, Galaxy A5, Galaxy A7, Galaxy A8, Galaxy A9, Galaxy Note FE, Galaxy Note5, Galaxy Note4, Galaxy Note3, Galaxy Note2, Galaxy S7, Galaxy S7 edge, Galaxy S6, Galaxy S6 edge, Galaxy S5, Galaxy S4, Galaxy S3, etc.)

ग्यालेक्सी वाच, ग्यालेक्सी वाच एक्टिभ, गीयर एस ३, गीयर स्पोर्ट, गीयर एस र गीयर एस २ लगायत छन् । (Galaxy Watch, Galaxy Watch Active, Gear S3, Gear Sport, Gear S, Gear S2 etc.)

easy care

प्रकाशित: १९ जेष्ठ २०७७, सोमबार

ताजा समाचार