गूगलले वर्क फ्रम होमको विषयमा सम्बोधन गर्न मे २२ मा कर्मचारीहरुलाई बिदा दिने

Technology Khabar २७ बैशाख २०७७, शनिबार

गूगलले वर्क फ्रम होमको विषयमा सम्बोधन गर्न मे २२ मा कर्मचारीहरुलाई बिदा दिने

काठमाडौं ।

अल्फाबेट इंकको गूगलले आउँदो मे २२ तारिखमा आफ्ना सबै कर्मचारीहरुलाई ‘डे अफ’ लिनका लागि भनेको छ । कम्पनीले शुक्रबार कर्मचारीहरुलाई कोरोनाभाइरस महामारीको समयमा वर्क फ्रम होम सम्बन्धि विषयलाई सम्बोधन गर्नका लागि मे २२ मा छुट्टिमा बस्न भनेको हो ।

अल्फाबेटका सिईओ सुन्दर पिचाईले बिहिबार आफ्ना कर्मचारीहरुलाई मेमो पठाउँदै सो घोषणा गरेका थिए ।

गूगलले जून भन्दा अगाडि नै विश्वभरका थप कार्यालयहरु खोल्न शुरु गर्ने बताएको छ । तर गूगल कर्मचारीहरुले यो वर्षको अन्त्यसम्म घरबाट नै कामगर्न सक्ने सुबिधा प्राप्त गर्नेछन् ।

अर्को टेक कम्पनी फेसबुकले पनि शुक्रबारै आफ्ना कर्मचारीहरुलाई यो वर्षभर रिमोट वर्कको लागि अनुमति दिने घोषणा गरेको थियो । एजेन्सी

easy care

प्रकाशित: २७ बैशाख २०७७, शनिबार

ताजा समाचार