एनसेललाई ५०हजार रुपैयाँ जरिवाना, डाटा शुल्क समयमा नघटाउँदा दूरसंचार प्राधिकरणको सचेत पत्र

Technology Khabar १३ फाल्गुन २०७६, मंगलवार

एनसेललाई ५०हजार रुपैयाँ जरिवाना, डाटा शुल्क समयमा नघटाउँदा दूरसंचार प्राधिकरणको सचेत पत्र

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले डाटा सेवाको महशुल दरको बारेमा एनसेललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । एनसेल प्रालिले प्राधिकरणले दिएको निर्देशन पालना नगरेको भन्दै ५० हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

यसअघि दूरसंचार प्राधिकरणले असार २ गते एनसेलको डाटा सेवाको महशुल दर घटाउन निर्देशन दिएको थियो । सो निर्देशन अनुसार कम्पनीले गएको साउन १ गतेदेखि लागू हुने गरि डाटा शुल्क प्रति एमबी २ रुपैयाँ कायम गर्नुपर्ने थियो तर कम्पनीले तोकिएको समयमा सो निर्देशन पालना नगरि डाटाको शुल्क पुरानै दरअनुसार ३ रुपैयाँ प्रति एमबी ग्राहकहरुसँग असुल गर्दै आएको थियो ।

तत्कालिन समयमा नै प्राधिकरणले सो बारेमा एनसेलसँग स्पष्टिकरण सोधेको थियो । सो बारेमा प्राधिकरणलाई एनसेलले डाटाको शुल्क घटाउन नसकिने भन्दै पत्र पठाएको थियो ।

डाटा शुल्क घटाउन दिएको सो निर्देशन पालना भएको वा नभएको बारेमा अनुगमनमा गएको प्राधिकरणको टोलीलाई समेत एनसेलले अनुगमन कार्यमा अवरोध गरेको थियो । अनुगमन टोलीले एनसेलमा अनुगमनको क्रममा डाटा शुल्क २ रुपैयाँ प्रति एमबी नगरेको प्रतिवेदन पेश गरेको थियो ।

एनसेललाई कारबाही गर्ने प्रकृया अगाडि बढाएसँगै कम्पनीले भदौ ४ गतेदेखि लागू हुने गरि डाटाको महशुल घटाएको सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

सोहि विषयमा प्राधिकरणको बोर्ड बैठकले एनसेललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ भने दूरसंचार प्राधिकरणबाट हुने निर्देशनहरु यथासमयमा नै पालना गर्न एनसेल प्रालिलाई सचेत समेत गराएको छ ।

यो पनि हेर्नुस्-

दूरसंचार प्राधिकरणको एक्सनपछि एनसेलले घटायो डाटाको शुल्क, अब प्रति एमबी २ रुपैयाँ मात्रै

easy care

प्रकाशित: १३ फाल्गुन २०७६, मंगलवार