एप्पल एअर पोड्स प्रो को लाइट भर्सन चाँडै लन्च हुने, अहिलेको भन्दा सस्तो मूल्यमा आउने

Technology Khabar १३ फाल्गुन २०७६, मंगलवार

एप्पल एअर पोड्स प्रो को लाइट भर्सन चाँडै लन्च हुने, अहिलेको भन्दा सस्तो मूल्यमा आउने

काठमाडौं ।

काठमाडौं । एप्पलले आफ्नो वायरलेस ईयरफोन एप्पल एअर पोड्स प्रो को अपकमिंग भेरियन्टलाई चाँडै लन्च गर्न सक्ने देखिएको छ । यस वायरलेस ईयरफोनलाई गएको वर्ष एक्टिभ न्वाइज क्यासिलेशन र वायरलेस चार्जिंग फिचरसँगै लन्च गरिएको थियो।

कम्पनीले नयाँ भेरियन्टलाई गएको वर्ष लन्च गरिएको भेरियन्टको डिजाइनमा नै लन्च गर्न सक्ने देखिएको छ । कम्पनीको नयाँ भेरियन्ट गएको वर्षको भरियन्टको तुलनामा अफोर्डेबल हुन सक्ने छ । ताइवानी मिडिया रिर्पोटमा यस नयाँ भेरियन्टलाई एप्पल एयरपोड्स प्रो लाइट को नाममा लन्च गरिन सक्ने बताएको छ ।

गएको वर्ष लन्च गरिएको एप्पल पोड्स प्रो मा कम्पनीले उत्कृष्ट अडियो टेक्नोलोजीको प्रयोग गरेको थियो । यसमा कम्पनीले कस्टम एक्जिक्युशन एप्पल ड्राइभरको प्रयोग गरेको थियो । यसमा ड्युल बीम फर्मिंग माइक्रोफोन्स सेन्सरको प्रयोग गरिएको छ । साथै यसमा इनवार्ड फेसिंग माईक्रोफोनको पनि प्रयोग गरिएको छ ।

कम्पनीको अपकमिंग भेरियन्टमा यसअघिको भेरियन्टमा रहेको सबै फिचरहरुको प्रयोग हुन सक्नेछ । यसलाई कम्पनीले जुन २०२० मा आयोजना हुने डब्लुडब्लुडिसी २०२० मा सार्वजनिक गर्न सक्ने देखिएको छ ।

यसलाई पसिना र वाटर रेसिस्टेन्स फीचरको आईपिएक्स४ रेटिंग सँगै लन्च गरिने छ । यसमा एच१ मा आधारित सिस्टम इन प्याकेज चिप प्रोसेसर सँगै लन्च गरिने अनुमान लगाइएको छ ।

कम्पनीले आउँदो महिनामा आफ्नो अफोर्डेबल आईफोन ९ वा आईफोन एसई २ लाई पनि लन्च गर्दै छ । जसको डिजाइन र लुक निकै हदसम्म आईफोन ८ को जस्तै हुने छ । एजेन्सी

easy care

प्रकाशित: १३ फाल्गुन २०७६, मंगलवार