युवतीको फोटो पठाएर इजरायली सैनिकहरुको स्मार्टफोन ह्याक

Technology Khabar ६ फाल्गुन २०७६, मंगलवार

युवतीको फोटो पठाएर इजरायली सैनिकहरुको स्मार्टफोन ह्याक
सांकेतिक

काठमाडौं ।

काठमाडौं । इजरायली सेनाका अनुसार उनिहरुको दर्जनौ सैनिकहरुको स्मार्टफोनमा युवतीहरुको फोटो पठाएर ह्याकहरुले ह्याक गरेका छन ।

इजरायली सेनाका प्रवक्ताकाअनुसार सैनिकहरुलाई ह्याकरहरुले युवती महिलाहरुको फोटो पठाईएको र जसबाट उनीहरुलाई एक एप्लिकेशन डाउनलोड गर्न उक्साएका थिए । उनले सैनिकहरुलाई यो काम ह्याकरहरुको हो भन्ने थाहा नरहेको पनि बताएका छन् ।

इजरायली सेनाका अनुसार यो ह्याकिंग हमास संगठनसँग जोडिएका मानिसहरुले गरेका हुन् । गाजामा नियन्त्रण रहेको चरमपन्थी गुट हमास र इजरायल बिच पहिलैदेखि शत्रुतापुर्ण सम्वन्ध रहेको छ ।

यस्तो फोटोहरु पठाएर गरिएको थियो ह्याक

इजरायली सेनाका प्रवक्ता कर्नेल जोनाथन कार्निकसका अनुसार इजरायली सैनिकहरुको स्मार्टफोन ह्याक गर्ने यो तेस्रो र हालसम्मको सबैभन्दा जटिल प्रयास हो । उनीहरुले ह्याक गर्न सिकीरहेको देखिएको र आफ्नो क्षमतालाई बढाएको उनले बताए । कर्नेत कार्निकसका अनुसार ह्याकरहरुले धेरथोर हिब्रु बोल्ने र आफु प्रवासी भएको दाबी गर्ने युवतीहरुलाई आफ्नो ह्याकिंग आधार बनाएका थिए ।

सैनिकहरुसँगको मित्रतापछि ती युवतीहरुले केहि लिकंहरु पठाएका थिए र उनिहरुले यसबाट आफुहरुको फोटो पठाउने बताएका थिए । तर यर्थाथमा यी लिकंहरु भाइरस थिए जसले स्मार्टफोनलाई ह्याक गर्ने सक्षमता राख्दथे ।

एकपटक यस लिंकमा क्लिक गरेपछि यो लिंकले ह्याकरहरुलाई स्मार्टफोनको डाटा, लोकेशन र फोटोहरुमा एक्सेस गर्न सक्ने बनाइदिन्थे । यतिमात्रै नभई ह्याकरहरुले यसबाट फोनलाई कन्ट्रोल गर्न पनि सक्दथे । जसबाट उनिहरुले स्मार्टफोन यूजरको जानकारी बिनानै भिडियो र अडियो रेकर्ड गर्न सक्दथे ।

कर्नेल कार्निकसका अनुसार इजरायली सेनालाई यस कुराको जानकारी पहिलै रहेको र सेनाको निगरानीमा यसलाई पहिले चल्न दिएपनि पछि यसलाई बन्द गरिदिएको हो । इजरायली सेनाले पहिले पनि आफ्ना सैनिकहरुलाई सर्तकताका साथ स्मार्टफोनको प्रयोग गर्न चेतावनी दिएको थियो ।

गाजा क्षेत्रलाई लिएर इजरायली सेना र हमासका बिच दसकौंदेखि संघर्ष चल्दै आइरहेको छ जसमा उनिहरुले एकअर्काको जासुस गर्न बिभिन्न तरिकाहरुको प्रयोग गर्ने गरेका छन । बीबीसी

easy care

प्रकाशित: ६ फाल्गुन २०७६, मंगलवार

ताजा समाचार