लो बजेट सेगमेन्टको सामसङ ग्यालेक्सी ए०१, ड्युल क्यामरा र वाटर ड्रप इन्फिनिटी भी डिस्प्ले

Technology Khabar २२ माघ २०७६, बुधबार

लो बजेट सेगमेन्टको सामसङ ग्यालेक्सी ए०१, ड्युल क्यामरा र वाटर ड्रप इन्फिनिटी भी डिस्प्ले

काठमाडौं ।

काठमाडौं । सामसङले आफ्नो पपुलर सीरीज ग्यालेक्सी ए को नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी ए०१ भियतनाममा लन्च गरेको छ । यस स्मार्टफोनले लो बजेट सेगमेन्टको रुपमा शाओमी र रियलमीका फोनहरुलाई टक्कर दिनेछ ।

हाल सामसङले यसलाई भियतनाममा मात्रै सार्वजनिक गरेको छ । यो स्मार्टफोन तीन कलरको अप्सन ब्ल्याक, रेड र ब्ल्यु सहित रहेको छ ।

भियतनाममा यस स्मार्टफोनको मुल्य २७,९०,००० भियतनामी डलर रहेको छ । जसको नेपाली मुल्य करिव १३,५०० रुपैयाँ हुन आउँछ । यसको सेल ६ फरवरी देखि सुरु हुने छ । सामसङले यस स्मार्टफोनलाई अन्य बजारमा पनि चाँडै लन्च गर्ने आशा गरिएको छ । ग्यालेक्सी ए०१ को माध्यमबाट सामसङले एन्ट्रि सेगमेन्टमा आफ्नो उपस्थिती बलियो बनाउन चाहेको देखिन्छ ।

सामसङ ग्यालेक्सी ए०१ स्मार्टफोनको फिचरहरुको कुरा गर्दा यस फोनमा ५.७ इन्चको रहेको छ । यसको रेज्योलुसन एचडि रहेको छ र यसमा वाटर ड्रप इनफिनिटी भी डिजाइन डिस्प्ले दिईएको छ । यस स्मार्टफोनमा प्लास्टिक बडी र क्वालकम स्न्यापड्रयागन ४३९ मोबाइल प्लेटफर्म दिइएको छ । यस फोनमा २जीबी र्याम र १६जीबी स्टोरेज दिईएको छ । यसको साथै यस फोनको स्टोरेज माइक्रोएसडी कार्डको मदतमा बढाउन पनि सकिने छ ।

यस फोनको ब्याकमा ड्युल क्यामरा सेटअप दिईएको छ । यस फोनको प्राइमरी क्यामरा सेन्सर १३ मेगापिक्सल रहेको छ । यसको साथै यसमा २ मेगापिक्सलको सेकेन्डरी क्यामरा सेन्सरपनि रहेको छ । यस फोनको फ्रन्टमा ५ मेगापिक्सलको सेल्फी क्यामरा पनि दिईएको छ ।

सामसङको यस फोनमा वानयुआई २.० स्क्रिन रहेको छ जुन एन्ड्रोएड १० मा आधारित रहेको छ । यस फोनको ब्याट्री ३,००० एमएएच पावरको रहेको छ । सामसङले यस स्मार्टफोनले फुड डे पावर दिने दाबी गरेको छ । यो स्मार्टफोन सामसङको लो बजेट स्मार्टफोन भएकाले कम्पनीले यसलाई नेपालमा पनि चाडै लन्च गर्न सक्ने छ ।

easy care

प्रकाशित: २२ माघ २०७६, बुधबार