Technology Khabar १६ माघ २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । दक्षिण कारियाली इलेक्ट्रोनिक कम्पनी सामसङले आफ्नो घरेलु बजारमा ग्यालेक्सी ट्याब एस६ फाइभजी लाई प्रस्तुत गरेको छ ।
सामसङको यस ट्यावलेट विश्वको पहिलो ५जी ट्याबलेट बनेको छ । यसअघि कम्पनीले ग्यालेक्सी एस६ र ग्यालेक्सी ट्याव एस५ई लाई पनि लन्च गरेको थियो । हाल कम्पनिले डिभाइसलाई देशबाहिर कहिले लन्च गर्ने भन्ने कुरामा कुनै जानकारी दिएको छैन्।
सामसङ ग्यालेक्सी ट्याव एस६ ५जी को मुल्य ९ लाख ९९ हजार ९०० कोरियाली वन तोकेको छ । यस डिभाइसको बिक्री घरेलु बजारमा आजबाट सुरु हुने छ । यस डिभाइसको तौल ४२० ग्राम रहेको छ । यसमा १०.५ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ ।
यस बाहेक डिभाइसमा एकेजी–ट्युड क्वाड स्पीकर्स पनि रहेको छ जसले डल्बि एटमसलाई सर्पोट गर्नेछ । डिभाइसमा ६जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ । त्यस्तै सो डिभाइस क्वालकम स्न्यापड्रयागन ८५५ प्रोसेसर सँगै प्रस्तुत हुने छ ।
पावर ब्याकअपको लागी कम्पनीले यस डिभाइसमा ७,०४० एमएएचको ब्याट्री राखेको छ । यस बाहेक खबरअनुसार कम्पनी आफ्नो ५जी पोर्टफोलियो प्रोडक्टको लिस्टलाई आघि बढाउने कोसिसमा रहेको छ ।
कम्पनीले आउँदो समयमा ग्यालेक्सी एस१० ५जी र नोट एस१० ५जी लाई पनि प्रस्तुत गर्न सक्नेछ । यि दुबै डिभाइसहरुलाई गतवर्ष मात्रै ४जी भर्जनमा सार्वजनिक गरिएको थियो । एजेन्सी
प्रकाशित: १६ माघ २०७६, बिहीबार