शाओमीद्धारा र्याप अराउन्ड डिस्प्ले भएको डुअल साइड स्मार्टफोनको पेटेन्ट दर्ता

Technology Khabar ३ माघ २०७६, शुक्रबार

शाओमीद्धारा र्याप अराउन्ड डिस्प्ले भएको डुअल साइड स्मार्टफोनको पेटेन्ट दर्ता

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन उत्पादक शाओमीले एक प्याटेन्ट फाइल गरेको छ । यो प्याटेन्ट स्मार्टफोनको लागी रहेको छ र हालै यो वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिस अर्थात डब्लुआईपीओमा प्रकाशित गरिएको थियो । लेट्स गो डिजीटल ले यस प्याटेन्टको आधारमा शाओमीको सो स्मार्टफोनको रेन्डर तयार गरेको छ ।

यस प्याटेन्टमा वास्तवमा दुई स्मार्टफोन रहेका छन् । दुबै डुअल साइडयुक्त स्मार्टफोन हो । खास कुरा यसको स्क्रीन अलग अलग दिशामा मोडिन सक्छ । कम्पनीले यसमा फोल्डेवल डिस्प्ले टेक्नोलोजीको प्रयोग गर्न सक्नेछ ।

यस फोनमा तपाईले साइडमा मोडिएको डिस्प्ले पाउन सक्नुहुन्छ । प्याटेन्टअनुसार यस स्मार्टफोनको डिस्प्ले एकापट्टीबाट मोडिएको हुनेछ । यस प्याटेन्टअनुसार दोस्रो स्मार्टफोन पनि यस्तै खालको हुनेछ । फोनको ब्याक साइडमा प्वाल रहेको छ, जहाँ डुअल क्यामरा प्रयोग गरिनेछ ।

मुख्य क्यामरा सेल्फी क्यामरा भन्दा डबल रहनेछ । जुन आमरुपमा अरु स्मार्टफोनमा पनि देख्न सकिने छ । प्याटेन्टको अचम्मको कुरा यी दुबैमा कुनै प्रकारको बटन दिइएको छैन् । सम्भवतः कम्पनीले जानिजानी प्याटेन्टको स्केचमा बटन उल्लेख नगरेको पनि हुन सक्दछ ।

यसरी हेर्दा कम्पनीले अलग अलग एक्स्पेरिमेन्टस् गरिरहेको छ । प्याटेन्टको मतलब सधै सहि मै यो स्मार्टफोन निर्माण हुनेछ भन्ने हुँदैन् । आउदो समयमा यस स्मार्टफोनसँग जोडिएको अरु जानकारीहरु पनि आउन सक्दछ ।

easy care

प्रकाशित: ३ माघ २०७६, शुक्रबार

ताजा समाचार