ट्रान्सन होल्डीङ्ग अन्तरगतको इन्फिनिक्सले सस्तो मूल्यमा पप–अप क्यामरा फोन सार्वजनिक गर्दै

Technology Khabar २२ पुष २०७६, मंगलवार

ट्रान्सन होल्डीङ्ग अन्तरगतको इन्फिनिक्सले सस्तो मूल्यमा पप–अप क्यामरा फोन सार्वजनिक गर्दै

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी शेन्जेन ट्रान्सन होल्डीङ्ग लिमिटेड सञ्चार क्षेत्रमा मोबाइल फोनको बिकास, उत्पादन, बिक्री र सर्भिसिङ्गमा आधारित रहेको छ । यस कम्पनि अन्र्तगत टेक्नो, आइटेल, इन्फिनिक्स र ओरिमो आदी जस्ता ब्रान्डहरु रहेको छ ।

चिन बाहिरबाट आएको एक रिर्पोट अनुसार शेन्जेन कै एक ब्रान्ड इन्फिनिक्सले पप–अप सेल्फि क्यामरासहितको स्मार्टफोन सार्वजनिक गर्दैछ । सो स्मार्टफोन आउँदो फरवरीमा भारतबाट लन्च हुनेछ ।

यो स्मार्टफोन मुल्यको हिसाबले एकदमै सस्तो रहने बताईएको छ, जसको मुल्य भारु दश हजार भन्दा कम रहन सक्ने उल्लेख छ । यसबारे कम्पनिले केहि नखुलाएपनि दश हजार भन्दा कम मुल्यको पप अप स्मार्टफोनले निकै हलचल मच्चाउने अनुमान गरिएको छ ।

यसको साथै टेक्नो कम्पनीले पनि चाडैं नै पप-अप सेल्फि क्यामरा भएको स्मार्टफोन सार्वजनिक गर्दैछ, जसको सुरुवात पनि भारतबाटनै हुनसक्ने रिर्पोटको दाबी रहेको छ ।

हाल बजारमा पपअप क्यामरा उच्च मूल्य वा मिड रेन्जका स्मार्टफोनहरुमा मात्र उपलब्ध रहेको छ ।

यसअघि इन्फिनिक्सले भारतमा गएको नोभेम्बरमा मात्र ७,९९९ भारु मूल्यमा एस५ लाईट मोबाईल फोन सार्वजनिक गरेको थियो । जसमा ६.६ इन्चको एचडी डिस्प्ले रहेको थियो भने स्टोरेज ४जीबी ¥याम र ६४ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ ।

ट्रान्सनलाई मोबाईल फोनको क्षेत्रमा अफ्रीकाको राजा उपनामले चिनिन्छ । २०१८ मा ट्रान्सनले पुरा अफ्रीका महादेशको ४८.७१ प्रतिशत बजार क्षेत्र कभर गरेको थियो भने इन्डियामा यसको बजार क्षेत्र मात्र ६.७२ प्रतिशत रहेको थियो ।

easy care

प्रकाशित: २२ पुष २०७६, मंगलवार

ताजा समाचार